हिपमत डटकम

शुक्रबार, कार्तिक १२, २०७८ || 593  पटक पढिएको

गायक केशव भावुक र अस्मिता अधिकारीको आवाजमा रहेको ‘फूल फुल्यो’ बोलको भिडियो सार्वजनिक भएको छ ।

अभिनेता आर्यन सिग्देल र सृष्टि खड्काको अभिनय रहेको यो भिडियोलाई अहिलेका चर्चित निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन।

सुधा मरहट्ठाको शब्दमा रहेको यो गीतलाई गायक स्वयमले संगीत भरेका हुन। डान्सिङ नम्बरमा रहेको यो गीतलाई बुद्ध थापाको छायांकन, बिकाश दाहालको सम्पादन र सन्तोश राजबहाकको कोरियोग्राफीमा तयार पारिएको छ ।

सुधा ईन्टरटेनमेन्ट युटुब च्यानलबाट भिडियो रिलिज गरिएको छ। रिलिज लगत्तै यो गीत र भिडियोले सबैको मन जितिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!