जनता समाजवादी पार्टी मोरङ्गले बेमौसमी वर्षा र बाढीबाट प्रभावित जहदा गाँउपालिका वडा नम्बर ३ मिलन चैक (संथाल टोल)मा खाद्यान्न सामग्री बितरण गरेका छ । बिहीबार स्थानीय श्री आदर्श आधारभुत बिद्यालयमा सो खाद्यान्न सामग्री वितरण बितरण गरिएको हो ।
जसपा मोरङ्ग जिल्ला अध्यक्ष राजकुमार यादबको सहयोग तथ अगुवाईमा करिब ३०० घर परिबारलाई सो खाद्यान्न सामग्री वितरण गरिएको हो । जहदा गापा वडा नं. ३ का अध्यक्ष अनिल कुमार ठाकुरले जानारी दिए ।
खाद्यन्न सामग्री वितरण कार्यमा जसपा विराटनगर महानगर कमिटिका सचिव रामचन्द्र यादव र जसपा नेतृ बसुन्धरा झाले पिडितको खोजी तथा व्यवस्थापकिय सहोग गरेको थियो ।
कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष यादबले भने “किसानको पिडा व्यक्तिको पिडा नभई सम्पूर्ण समाजको पिडा हो । घरमा धान भित्रयाई खुशी मनाउने बेलामा बेमौसमी वर्षा तथा बाढीले पाकि सकेको धान बगाएकोमा हामी दुःखी भएका छौ ।”
धानबालीको क्षतीको विवरण हामी संकलन गर्दै छौ । म ब्याक्तिगत रुपमा सके सम्मको सहयोग गर्ने प्रयास गरि रहेका छौं र यस कार्यमा मोरंगका सबै जसपा नेता तथा कार्यकर्ताहरु सहयोग गरि रहेको उनले बताए । अध्यक्ष यादवले सहयोग गर्ने नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद समेत दिएका थिए ।
त्यसैगरी जहदा गापा अध्यक्ष कैलास प्रसाद मण्डलले बेमौसमी वर्ष र बाढीले जहदा गाउँपालिका सबै भन्दा बढी प्रभाबित रहेको बताए । उनले भने “पार्टीका जिल्ला स्तरीय नेताहरुसंगको सहकार्यमा सकेसम्मको सहयोग गर्ने प्रयास गरि रहेका छौ ।”
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य सुरेश सिहं गंगाई, संविधान सभा सदस्य रामानन्द मण्डल, नेता तथा समाजसेवी मृत्युञ्जय झा, जिल्ला कार्यकारणी सदस्य महन्थलाल यादब, जसपा मोरङ्ग जिल्ला सदस्य तथा युवा नेता राकेश रोसन यादब, जहदा गाउँपालिका उपाअध्यक्ष सालो देबी साह, पार्टी बुथ कमीटी जहदा गाउँपालिक वडा नम्बर ३ का वडा अध्यक्ष राम देब साह लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।