हिपमत डटकम

बिहिबार, कार्तिक ११, २०७८ || 437  पटक पढिएको

एक कार्यक्रमकाबीच नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा नवनिर्मित कार्यालय भवनको उदघाटन भएको हो ।

 

सो अवसरमा बोल्दै नगर प्रमुख राई र उपप्रमुख वास्तोलाले स्थानीय जग्गादाताहरुको अमुल्य योगदानमा वडा कार्यालय तथा आधारभूत स्वास्थ्य सेवा कार्यालय भवन निर्माण सहितका गतिविधिमा नगरको सक्रियता बढाउन पाएको जनाउनु भयो ।

वडाध्यक्ष डम्बरबहादुर चेम्जोङको अध्यक्षताको कार्यक्रममा, ७ नम्बर वडाध्यक्ष कपिलमणि ढकाल, नगरका लेखा अधिकृत पिताम्बर वस्ती, समाजसेवी युवराज वास्कोटा सहितले मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यालयका लागि नन्दीकेशर अधिकारी र कृष्णमाया अधिकारी, रुद्रप्रसाद पोखरेल र बासुका पोखरेल, झनप्रसाद पोखरेल र पुष्पा पोखरेल, खोमप्रसाद पोखरेल र ज्ञानु पोखरेलबाट डेढ÷डेढ कठठा जग्गा दान भएको छ ।

 

त्यस्तै, अन्य दातामा घनश्याम कोइराला र सुशीला कोइराला, बदिनाथ कोइराला र रुक्मिणी भटटराई कोइराला, केदारनाथ कोइराला र जमुना गौतम कोइराला, थमानसिंह सुन्दास र पुष्पकुमारी सुन्दासबाट एक÷एक कठ्ठा गरी कुल १० कठ्ठा जग्गा दान भएपछि संघीय सरकारको बजेटमा त्यहाँ २ तले भवन बनेको हो । कार्यक्रममा जग्गादाताहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको छ ।

यसअघि, वडा नम्बर ७, ८, ९ को भवन बनेर उदघाटन भएको छ । ४ नम्बरमा साविक शनिश्चरे गाविस कार्यालय रहेको पुरानै भवन रहेको तथा साविक हसन्दह गाविस भवनमा वडा नम्बर ५ र ६ को कार्यालय सञ्चालनमा छ ।

वडा नम्बर २ को कार्यालय पनि उदघाटनको चरणमा पुगेको छ । वडा नम्बर १ र १० को कार्यालय भवनका लागि अव प्रक्रिया अघि बढाइने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!