हिपमत डटकम

बिहिबार, कार्तिक ११, २०७८ || 391  पटक पढिएको

कास्की, पोखरा महानगरपालिका-१४ बिपि मार्ग डेरा गरी बस्ने ३६ वर्षीय खिल बहादुर गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा गुरुङ लगायत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त कोठमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८८ हजार ९ सय २५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ थाहा चोकस्थित प्रकाश बिकको अटो ग्यारेजमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१२ बस्ने ४३ वर्षीय कृष्ण ब्लोन लगायत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त ग्यारेजमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३४ हजार ५ सय ५० रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!