हिपमत डटकम

बिहिबार, कार्तिक ११, २०७८ || 777  पटक पढिएको

झापाको बुद्धशान्ती गाऊपालिका ३ स्थित बुधबारे चौक स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका २ का २३ बर्षीय युरास ईवा लिम्बु, पाँचथर याङवरक गाऊपालिका २ बेतेनी घर भई हाल झापा अर्जुनधारा नगरपालिका ११ बस्ने २५ बर्षीय उमेश बि.क. र ईलाम कोल्बुङ गाऊपालिका २ कुटि डाडा का २३ बर्षीय सुलभ गुरुङ रहेका छन् ।

हिजो बेलुका साढे ७ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ब्राउन सुगर १० ग्राम २० मिलि ग्राम र गाँजा ११ ग्राम ५० मिलि ग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!