गायक नितिन गजुरेलको स्वर रहेको नयाँ गीत ‘काचुंली’ सार्वजनिक गरिएको छ । नीरभीमको शब्द, सुदम थापाको संगीत रहेको गीतमा फडिन्द्र राईको संगीत संयोजन छ ।
विकास लामिछाने, कमल सिंह र इस्टु कार्कीको अभिनय रहेको गीतमा त्रिकोणात्मक प्रेम र रोमान्स समेटिएको छ । भिडियो र्यान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा बुद्ध थापाको छायाँकन र बिष्णु खड्काले सम्पादन छ ।
भिडियो ओएसआर डिजिटलले बाहिर ल्याएको हो ।
https://www.youtube.com/watch?v=x9oXjAdqE0Y