वीरगंज महानगरपालिका-१५ वाईपासस्थित मनिष अग्रवालको गोदाममा एचआर ५८ ए ३७७१ नम्बरको भारतीय ट्रकबाट शिसा अनलोड गर्ने क्रममा शिसामा च्यापिएर सोही महानगरपालिका-१९ बरवाटोल बस्ने ३८ वर्षीय सुरेन्द्र साह तेलीको मंगलबार दिउँसो मृत्यु भएको छ ।
शिसाले च्यापिएर गम्भीर घाइते भएका उनको उपचारका लागि तराई अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै भएको मृत्यु हो ।
हाल फरार रहेका ट्रकका चालक र सहचालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।