रबिन्द्र बराल

बुधबार, कार्तिक १०, २०७८ || 436  पटक पढिएको

रंगेली । नेकपा एमालेको देशव्यापी रुपमा भईरहेको नगर अधिवेशन बुधबार मोरंगको रंगेली नगरपालिका सम्पन्न भएको छ । स्थानीय दिनाबाबु धर्मशालमा भएको सो अधिवेशनमा दलवहादु वस्नेत अध्यक्ष पदमा सर्वसम्मतले विजयी भएका हुन् ।

त्यस्तै कमिटिको उपाध्यक्षमा जितलाल मंण्डल, सचिव सन्तलाल खवास, उप–सचिव कृष्णदेव ठाकुर, उप–सचिव यसोदा कोईराला सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिवेशनबाट वडा नं. १ मा ईश्वर चन्द माझी, वडा नं. २ मा राम चिमरिया, वडा नं.३ मा राज कुमार खड्का, वडा नं.४ मा अवधेश मंण्डल, वडा नं.५ मा तेजनलाल मंण्डल, वडा नं. ६ मा सुजित मंण्डल, वडा नं. ७ मा पुरुषोत्तम काफ्ले, वडा नं. ८ मा नारायण राजवंशी र वडा नं. ९ मा होमथान चुडाल सर्वसम्मतबाट चयन भएको नेता मनोज अग्रवाल ले बताए ।

कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले पाँच बर्षको अबधिमा बिकास निर्माणकार्य द्रुत गितिमा अगाडी बढेको बताए । उनले अंिङ्गकृत नागरिकता लिएका बुबा आमाले छोरा छोरीको नागरिकता बनाउन नपाउँदा उच्च शिक्षाबाट बञ्चित हुनुपरेको बताए । घिमिरेले नेपाल सरकारले अंङ्गिकृत नागरिकता खोलिनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा भूमि व्यवस्थापन कृषि तथा सहकारी मंत्री ज्ञानेश्वर राजवंशी, मेयर दिलिप वगडिया, उप मेयर केशव कुमारी खराल, मनोज अग्रवाल, दिनेश ठाकुर, सन्तोष साह, उषा झा, भुमा पराजुली, पुनम सापकोटा सहित वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!