जनकपुरधाम । प्रदेश २ सरकारले २ वटा अध्यादेश सिफारिस गरेको छ । मंगलबार मन्त्री परिषदको बैठकले २ वटा विश्वविद्यालय स्थापना सम्बन्धि अध्यादेश सिफारिस गरेको हो ।

सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहका अनुसार विरगंज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना सम्बन्धि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरिएको छ ।

कृषि तथा प्राविधिक सम्बन्धि उच्च स्तरीय जनशक्ति उत्पादन तथा अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेश स्तरी कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकोले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेश सभा संचालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरेको हो ।

जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थाापना गरि संचालनमा ल्याई सकेको प्रदेश सरकारले राजविराजमा कृषि विश्वविद्यालय र विरगंजमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको हो । प्रदेश प्रमुख बाट अध्यादेश जारी भए लगतै दुबै विश्वविद्यालय स्थापनाको बाटो खुल्ला हुनेछ ।

यसै गरि प्रदेश सरकारले ग्रिन सिटी क्लिन सिटी अन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र विरगंजमा सरसफाई, विजुली बत्ति तथा वृक्षारोपण कार्य संचालन गर्ने निर्णय समेत गरिएको प्रवक्ता साहले बताए ।

मन्त्री परिषदले प्रदेश सरकारद्वारा संचालित विकास निर्माणको कार्यलाई प्राविधिक सहितको उच्च स्तरीय टोलीद्वारा स्थलगत निरीक्षण गराई ढिला सुस्ती एवं गुणस्तरहिन काम गरि रहेको पाईए त्यस्ता ठेक्केदार कम्पनीलाई बैंक ग्यारेन्टी जफत देखी कालो सूचिमा राख्ने सम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ ।

(स्रोतः मुख्यमन्त्री सञ्चार सचिवालय, प्रदेश २)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!