रबिन्द्र बराल

मंगलबार, कार्तिक ०९, २०७८ || 363  पटक पढिएको

नेपाल किसान संघ रंगेली नगरपालिका कार्या समिति ले रंगेली नगरपालिका लाई ज्ञापनपत्र बुझाएकाछन्।

कार्तिक २ गते आएकाे अविरल वर्षा का कारण रंगेली नगरपालिका भित्रका किसानहरूको धान बाली क्षेती भएको भन्दै उनी हरुले रंगेली नगरपालिका भित्रका किसानहरूको बाली नाली मा क्षेती बाट किसानहरु मर्माहित भएकाले सो क्षतिको मुआब्जाको व्यवस्था गरिदिने , कृषक हरुलाई आवश्यक पर्ने मलखाद बिउबिजन सहुलियत दरमा चाहिएको समयमा व्यवस्था गरे दिने , कृषकहरुलाई कृषि कार्यको लागि लाग्ने राजस्वमा छुट गर्नुपर्ने ।

साे कार्यक्रममा संघका पुर्वाअञ्चल किसान सन्जाल का अध्यक्ष गाेपाल भण्डारी ,पुर्वाअञ्चल का सचिव हरि खनाल किसान संघ का रंगेली सभापति जगर्नाथ मंण्डल, मचिन्द्र कटुवाल लगायत ले नगरपालिका का मेयर दिलिप बगडिया लाई ज्ञापनपत्र बुझाएका हुन् ।

पत्रमा कृषि प्राविधिक को वाड‌ पिच्छे बाँडे विच्छेद व्यवस्था गरी दिने , कृषि याेग्य उर्वरा भूमि विभिन्न नदीनाला ले कटान गरेको ठाउँमा अभिलम्व तटबन्ध व्यवस्था गर्नुपर्ने । सिचाइ का लागि चाहिने आवश्यक विद्युतीय बोरिङ काे अविलम्ब व्यवस्था गर्नुपर्ने । कृषि उवजाकाे खरिद विक्रीको लागि बजार व्यवस्था गर्नुपर्ने ।

नगर भित्रका किसानहरूको लागि किसान क्रेडिट कार्डको व्यवस्था गर्नुपर्ने । रंगले नगरपालिकाले कृषिमा दिने अनुदान सबै किसान समक्ष पुर्याउने । मत्सय तथा पशुपंक्षी काे व्यवसायिक रुपमा पालन गर्न को लागि उचित व्यवस्था गरिदिन आग्रह गर्दे ज्ञापनपत्र उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!