कुष्ठ प्रभावित व्यक्तिहरुको लागि कोभिड–१९ सहयोग परियोजना अन्तर्गतको कार्यक्रमहरु समापन भएको छ । एशोशिएशन फर आइडिया नेपालद्वारा संचालित सो परियोजना आज देखि समापन भएको हो ।

मंगलबार बुढीगंगा गाउँपालिका वडा नं. २ स्थित स्वास्थ्य चौकीमा आयोजित सञ्चारकर्मीहरु बीच समन्यात्मक बैठक तथा परियोजना बहिरगमन कार्यक्रमका बीच परियोजना समापन भएको घोषणा गरिएको हो । आज देखि यस परियोजना अन्तर्गतका सबै कार्यक्रमहरु समान भएको कार्यक्रम संयोजक देबेन्द्र डंगोलले जानकारी दिए ।

प्रदेश १ का तीन जिल्ला झापा मोरङ सुनसरीका कुष्ठ प्रभावित व्यक्तिहरुलाई लक्षीत गरि सो परियोजना संचालन गरिएको थियो । सासाकावा हेल्थ फाउण्डेशन जापानको आर्थिक सहयोग तथा द लेप्रोसी मिसन नेपालको प्राबिधिक सहयोगमा सो परियोजना संचालन गरिएको संयोजक डंगोलले बताए ।
संयोजक डंगोलका अनुसार परियोजनाको ११ महिने कार्य अबधिमा आर्थिक रुपले एकदमै कमजोर भएका ४० जना पूर्ण कुष्ठ प्रावित व्यक्तिलाई व्यवसायको लागि जनही २५ हजारको दरले बीउ पूँजी बितरण गरिएको थियो । त्यस्तै १०० जना कुष्ठ प्रभावित व्यक्तिका बालबालिकाको अध्ययनको लागि जनही छ हजार पाँच सय नगद, ब्याग, कापी सहितका शैक्षिक सामग्री वितरण गरिएको थियो ।

परियोनजाले स्वास्थ्य सुरक्षको लागि मास्क, सेनिटाइजर र सरसफाई सामग्री सहित राहत स्वरुप खाद्यान्न सामग्री समेत वितरण गरेका थिए । त्यस्तै जनचेतन अभिबृद्धिका लागि विभिन्न कार्यक्रमहरु समेत संचलन गरेका थिए ।

कुष्ठ प्रभावित व्यक्तिहरुको सबल समुदाय निमार्ण गर्नुका साथै जागरुकताका साथ समाजको मूलधारमा समाहित भई सम्मानित जीवन जिउनुका साथै कोभिड १९ को कारण बेहोर्नु परेको क्षती र नोक्सानीको अवस्थाबाट पुनः बाहिर आउन सहयोग गर्ने उद्देश्यले यो परियोजना संचलन गरिएको र सोही अनुसारको कार्य समेत गरेको आइडिया इन्टरनेशनलका ग्लोबल कोर्डिनेटर अम्बर बहादुर तिम्सिनाले बताए । उनी १२ वर्षको उमेरमा आफै पनि कुष्ठ प्रभावित भएका थिए ।

उनले कुष्ठ प्रभावित व्यक्तिको पिडा र समाजले गर्ने व्यवहार सहितको भोगाई आफु समेतले भोगेकोले आगामी दिनमा कुष्ठ प्रभावित व्यक्तिहरुको सबल समुदाय निमार्ण गर्न आफु लागि परेको बताए । तिम्सिनाका अनुसार यो परियोजना बहिरगमन भएपनि अन्य परियोनाको माध्यमले प्रदेश १ का कुष्ठ प्रभावित व्यक्तिहरुको लागि आगामी दिनमा समेत कार्यक्रमहरु संचलन हुनेछ ।

कार्यक्रममा उक्त परियोजनालाई सहयोग गर्नेहरुलाई मायामो चिनो प्रदान गरिएको थियो । कार्यक्रममा एशोशिएशन फर आइडिया नेपालका केन्द्रीय महासचिव जयबिन कुमार यादव, वडा सदस्य कन्हैया साह, स्वास्थय चौकीका पहल बहादुर बस्नेत, तिनै जिल्लाका स्वयं सहायता समुहहरूको प्रतिनिधि तथा कुष्ठ प्रभावित व्यक्ति सहित संचारकर्मीहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!