दलीय गठबन्धन विपरीत प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले मुख्यमन्त्रीको पद ताकेपछि प्रदेश नं. १ का मुख्यमन्त्री भीम आचार्यको कार्यकाल लम्बिएको छ ।

कांग्रेसले प्रदेशसभामा बाँकी कार्यकाल आधा–आधा चलाउनु पर्ने विषयमा आइतबार ‘अत्तो थाप्दै’ संसदीय दलमा छलफल गरेको छ । १ नं. प्रदेशसभाको कार्यकाल १ वर्ष बाँकी छ । जसमध्ये कांग्रेसले ६ महिना र गठबन्धनभित्रको नेकपा एकिकृत समाजवादीले ६ महिना मुख्यमन्त्री चलाउनु पर्ने कांग्रेसले छलफल चलाएको छ ।

कांग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले बागमती प्रदेशमा दलीय गठबन्धनभित्रैबाट आलोपालो सरकार चलाउने सहमति भएकोले १ नंं प्रदेशमा पनि सहमति मै आलोपालो सरकार संचालन हुनुपर्ने प्रतिक्रिया दिए ।
आइतबार न्यू सृष्टि दैनिकसँग कुरा गर्दै कोइरालाले भने, ‘१ नं. प्रदेशसभामा कांग्रेसका २१ सांसद छन् । सबै सांसदलाई व्यवस्थापन गर्न समस्या आइपरेकोले कांग्रेस आलोपालो सरकारको पक्षमा छ ।’

आइतबार मुख्यमन्त्री आचार्यले प्रदेशसभामा विश्वासको मत लिन प्रदेशसभा सचिवालयले कार्यसूची सार्वजनिक गरेको थियो । सत्तारूढ एमाले र प्रमुख प्रतिपक्ष कांग्रेसले प्रदेशसभा सचिवालयमा बेग्लाबेग्लै निवेदन दर्ता गराएर आइतबारको बैठकको मिति अर्को मितिमा सार्न अनुरोध गरेको थियो । सत्तारूढ एमाले र प्रमुख प्रतिपक्ष कांग्रेसले आइ

तबारको बैठक अर्को मितिमा सार्न अनुरोध गरेपछि सभामुख प्रदीप भण्डारीले कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
दलीय गठबन्धनभित्र सरसल्लाह नै नगरीकन कांग्रेसले आइतबारको प्रदेशसभाको बैठक सार्न प्रदेशसभा सचिवालयमा दर्ता गराएको निवेदनप्रति माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीले असहमति जनाएको छ । कांग्रेसकै कारण मुख्यमन्त्री आचार्यको कार्यकाल लम्बिएकोले उनीहरूले कांग्रेससहितको सर्वदलीय बैठकमा छलफल समेत गरेका छन् ।

कांग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवा १ नं. प्रदेशको बाढी पहिरोको अनुगमनपछि काठमाडौं पुग्नासाथ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देउवासँग १ नंं प्रदेशसभाको बैठक कांग्रेसकै कारणले स्थगन भएको विषयमा छलफल हुनुपर्ने नेकपा एकिकृत समाजवादीका युवा नेता वसिम आलमको तर्क छ ।

आइतबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यको बारेमा छिनोफानो हुँदा कांग्रेसले शुन्य उपलब्धी हासिल गर्ने थियो भने १५ गते पछि मुख्यमन्त्री आचार्यको बारेमा छिनोफानो हुँदा कांग्रेसले मुख्यमन्त्री नै पाउने महत्वपूर्ण उपलब्धी हासिल गर्ने भएकोले मिति पर सारिएको हो । माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्गबोले दलीय गठबन्धन विपरीत कांग्रेसले आइतबारको प्रदेशसभाको बैठकको मिति सार्न प्रदेशसभा सचिवालयमा दर्ता गराएको निवेदनप्रति असहमत रहेको प्रतिक्रिया दिँदै यो विषयमा सर्वदलीय बैठकमा गम्भीर छलफल हुने बताए ।
नेकपा एकिकृत समाजवादी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले प्रमुख प्रतिपक्ष संसदीय दलका नेता राजीव कोइरालालाई मुख्यमन्त्री मान्न तयार रहेको तर त्यसको निर्णय केन्द्रीय सरकारभित्रको गठबन्धन सरकारले गर्नुपर्ने तर्क गरेका छन् ।

केन्द्रमा सात वटै प्रदेशमा सरकार संचालन गर्ने एउटा सहमति भएको अवस्थामा कांग्रेसले मुख्यमन्त्री आचार्यको छिनोफानो हुने दिन दलीय गठबन्धनको निर्णय विपरीत प्रदेशसभाको बैठक सार्ने कांग्रेसको निर्णयप्रति आफूहरू संतुष्ट नरहेको प्रतिक्रिया राईले दिए ।
एमालेका नेता तथा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले एमाले र प्रमुख प्रतिपक्ष कांग्रेसको सहमति अनुसारनै आइतबारको प्रदेशसभाको बैठक सार्न प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएकोले सभामुख भण्डारीले सत्तारूढ दलसँग साँठगाँठ गरेर सरकारको आयु लम्ब्याउने काम गरेको प्रतिपक्षद्वारा लगाइएको आरोपमा कुनै सत्यता नरहेको जिकिर गरे ।

आइतबार प्रदेश नं. १ का मुख्यमन्त्री आचार्य विश्वासको मत नपाएर पदमुक्त हुँदैछन् भनेर सारा संसारको ध्यान केन्द्रीत रहेको बेला एमाले र प्रमुख प्रतिपक्ष कांग्रेसले प्रदेशसभाको बैठक सार्न दिएको निवेदनलाई सभामुख भण्डारीले मलजल गर्दै थप ८ दिन मुख्यमन्त्री आचार्यको कार्यकाल लम्ब्याईदिएका छन् ।

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!