पट्का पचाउने इन्सपेक्टरलाई कारवाही गर

समाचार बन्न नसकेको समाचार

हिपमत डटकम

मंगलबार, कार्तिक ०९, २०७८ || 603  पटक पढिएको

इप्रका रानीका इन्सपेक्टर पट्का पचाउन माहिर रहेछन् । यस्तै इन्सपेक्टरका कारण प्लेनबाट समेत पट्का नजाला भन्न सकिन्न । गाडीबाट त कति पार भयो भयो गणना नै छैन । सुनिदैछ उनी भारतबाट सर्वसाधारणले ल्याएको पट्का माथिल्लो दर्जा र आफुले मान गर्नुपर्ने व्यक्तिको घर–घरमा पु¥याउँदैछन् ।

तस्कर समूहले मोटो रकम खर्च गरेर विराटनगर भित्र्याएको पट्कालाई इन्सपेक्टरले देखेका छैनन् । विस्फोट नहुने बारुदजन्य झिरझिरे, अनारजस्ता सामग्री देख्छन् तर, बोराका बोरा चोर बाटो भएर विस्फोट हुने बारुदजन्य पदार्थको आयातमा उनले आँखा चिम्लिएकै हुन ।
इन्सपेक्टर साब्को काम देखेर सीमान्त क्षेत्रका धेरै छक्क छन् । छक्क मात्र होइन आक्रोशित नै छन् भन्दा पनि हुन्छ । आफै मात्र खाने उनको बानी रहेछ भन्दै झोलामा सामान ल्याएर गुजारा गर्नेमात्र होइन भन्सारको काम गर्नेसमेत आक्रोशित देखिएका छन् ।
जोगवनी पारी लागूऔषधको बहार छ । धरान, इटहरी, इनरुवा, विराटनगरलगायतका स्थानबाट हरेक दिन दुव्र्यसनी पुग्छन् । सयमा ५ जनालाई समाएर उनी बहादुरी देखाउँछन् ।

इप्रका रानीजस्तो ठाउँमा केपी ओली राजमा इन्सपेक्टर महोदय त्यसै आएका होइनन् । रानीमा पोष्टिङ हुन खप्परमा लेखेरै आएको हुनुपर्छ भनेर सकल दर्जाले त्यसै भनेका होइनन् रहेछ ।

एकातिर डीआईजी अरुणकुमार बीसी तस्करी नियन्त्रणको कुरा गर्छन्, अर्को तर्फ एसपी जनार्दन जीसी मटेरवाको पूरै प्रहरी टिमलाई परिवर्तन गर्छन् । इप्रका रानीमा भएको घुसखोरी र गलत काम कसैले हेर्दैन । सायद् यस्तै देखेर होला केही कांग्रेसीजनले इन्सपेक्टरलाई तत्काल बदली गर्न गृहमन्त्री बालकृष्ण खाँडलाई भन्न थालेका छन् ।

रानीबाट पट्का आएको छैन भने आउँदो तिहारदेखि छठ पर्वसम्म हेर्नुहोस् त कतिधेरै विस्फोट हुन्छ । प्रमाण अरू के चाहियो र !

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!