हिपमत डटकम

मंगलबार, कार्तिक ०९, २०७८ || 282  पटक पढिएको

बर्दिवास नगरपालिका-१ भप्सिपुलस्थित सडकमा ना.६ ख १३४० नम्बरको ट्रकले प्रदेश २-०२-००२ प १३४० नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बर्दिवास नगरपालिका-३ बस्ने ३० वर्षीय डिल्लीराम कटेलको सोमबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिवास हुँदै मेडिसिटी अस्पताल नख्खु ललितपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका-१ बस्ने २८ वर्षीय मिलम श्रेष्ठको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचार भइरहेको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!