हिपमत डटकम

सोमबार, कार्तिक ०८, २०७८ || 771  पटक पढिएको

विराटनगर । हेम एण्ड माया फाउन्डेसनका संस्थापक हेम थापा र माया थापाले बाढी पिडित, असहाय, गरिब, मजदुरहरुलाई एक हजारको दरले रुपैया बाँडेका छन् । सोमबार एयरर्पोट छेउछाउमा लामबद्ध भएर बसेका पिडितहरुलाई उनले रुपैया बाँडेका हुन् ।

हेम माया एयरपोर्ट अवतरण गर्ने लगत्तै सेकडौंको संख्यामा पुगेका आम सर्वसाधरण तथा पिडितहरुले फुल माला लगाएर उनलाई स्वागत गरेका थिए । उनको सम्मानमा समाजसेवी हेम थापा भनि नारा समेत लगाइएको थियो ।

स्रोतका अनुसार फाउण्डेशनले सोमवार विराटनगरमा करिब दुई लाख भन्दा बढी रुपैया बाँडेका हुन् । गरिब, असहाय, पिडित, बृद्ध–बृद्धा महिला पुरुष सहित बालबालिकालाई समेत १ हजारको दरले उनले रुपैया बाँडेको उक्त फाउण्डेशनका मिलन कार्कीले हिपमत डटकमलाई बताए ।

बिगत लामो समय देखि अमेरिकामा बसोबास गर्दै आएका हेम मायाले हरेक महिना आफ्नो आम्दनीको केही अंश नेपालमा बाँडदै आएको छ । विदेशमा रहेपनि स्वदेश प्रतिको मायाले गर्दा उनी फाउण्डेशन मार्फत विभिन्न व्यक्ति, समुह वा संस्थालाई सहयोग गर्दै आएका छन् ।

पछिल्लो समय (कोभिड १९) कोरोना महामारीको बेला समेत फाउण्डेशनका सदस्यहरु माफर्त विभिन्न गाउँ सहर तथा पिडित व्यक्तिको घरमै गई सहयोग गरेका थिए । उनी समाज सेबाकै कारण संयुक्त राज्य अमेरिकाबाट समेत सम्मानित भएका हुन् । महामारीको समयमा अमेरिकामा रहेर नेपाली जनताको सेवा गरेको भन्दै अमेरिका स्थित न्युयोर्कको ब्रोक्लिंङ बोरोले कोभिड–१९ हिरो अवार्डबाट फाउन्डेसनका संचालक द्वय हेम थापा र माया थापालाई सम्मान गरेका थिए ।

उनले अबको केहि दिन नेपालमै रहनेछु र आफुले कमाएर ल्याएकोबाट यहाँको असहाय, पिडित, गरिब, अतिआवश्यक भएका सर्वसाधारणहरुलाई सहयोग गर्ने बताए । तत्काल उनी आफ्नो आमालाई भेट्न झापा गएका छन् । आमाको आशिर्वाद लिई नेपाल बसाईको क्रममा अगामी सहयोगको कार्यक्रमलाई अगाडी बढाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!