हिपमत डटकम

सोमबार, कार्तिक ०८, २०७८ || 405  पटक पढिएको
भवानीप्रसाद पोखरेल

विराटनगर मोरङलाई कर्मथलो बनाउँदै आएका साहित्यकार प्राज्ञ विवश पोखरेल निजामती सेवाबाट निवृत्त भै समाजसेवा र साहित्यमा रमाउने स्रष्टा हुन । उनी २०३३ सालदेखि नै साहित्य लेख्दै आए पनि पहिलो मुक्तकसङ्ग्रह ०७३ सालमा ‘पग्लिएको इन्द्रेनी’ मार्फत् बजारमा आएको देखिन्छ । यी स्रष्टाका कविता, कथा, व्यङ्ग्य निबन्ध, बाल साहित्य समेत गरी सात कृति प्रकाशित छन् । ‘पग्लिएको इन्द्रेनी’ उनको आठौँ कृति हो जुन पढौँ पढौँ लाग्ने सुन्दर उत्कृष्ट छ ।

प्रकाशक पूर्वाञ्चल साहित्य प्रतिष्ठान, विराटनगर, आवरण रमेश पौडेल, कम्प्यूटर विपिन निरौला, मुद्रक गजुरमुखी प्रिन्टर्स, विराटनगर, मूल्य १००।–, कभरबाहेक चौरानब्बे पेज छ, आवरण राम्रो चिटिक्क परेको छ । अठहत्तर थान मुक्तकले चित्रात्मक रूपमा सजिएको छ । गोपाल ‘कलाप्रेमी’ ले मुक्तको माथ्लो भागमा चित्र प्रस्तुत गरेर मुक्तकलाई जीवन्त बनाएको छ ।

यो सङ्ग्रह पुस्तक पसलमा सहज ढङ्गले उपलब्ध छ । पहिलो मुक्तक ‘उज्यालोको मृत्यु’ र अन्तिम ‘नियति’ छ । प्रकाशकीय भनी प्राध्यापक भूषण ढुङ्गेल, ‘पग्लिएको इन्द्रेनी’ रङ्गहरूमा रम्दा भनी डा. मुरारी पराजुलीले समेतले सोह्र पेज लेख्दै राम्रो ढङ्गबाट मूल्याङ्गन गर्नु भएको छ । कृति सन्दर्भका केही कुरा भनी लेखक विवश पोखरेलले ६ पेज लेख्दै पुस्तकका सन्दर्भमा प्रष्ट्याएका छन् ।
भाषा साहित्य कला र संस्कृति समाजको गहना हो, भाषाको सर्वोकृष्ट स्वरूप साहित्य हो । यिनै मध्ये कविताको सबभन्दा सानो रूप वा लघुतम रूपअन्तर्गत मुक्तक काव्यलाई लिन सकिन्छ । संक्षेपमा भावनात्मक अभिव्यक्ति गर्न सक्ने क्षमता मुक्तकमा हुन्छ । गद्य पद्य जेसुकै भएपनि लयात्मक हुनु पनि मुक्तकको चिनारी हो ।

कौतुहलताबाट उठटान गरेर सन्तुष्टिमा बैठान गर्नु मुक्तकको महत्ता हो । नेपाली मुक्तककारका पंक्तिमा आफ्नो नवीन कृतिका साथउभिन आइपुगेका छन् बहुमुखी प्रतिभाका धनी विवश पोखरेल ।

मान्छे र समाज नै विवशका मुक्तकका विषयवस्तु रहे पनि चेटिलो प्रस्तुतिका कारण नूतन स्वादका लाग्छन् । कतै उनी श्रृङ्गारको सज्जाले पाठकलाई मन्त्रमुग्ध बनाउँछन् भने कतै व्यङ्ग्यवाणको कसिलो प्रहारले वैगुनीलाई मर्माहत पारेर छोड्छन् कतै रोमान्टिक सरोवरमा चुर्लुम्म डुबाउँछन् भने कतै हार्दिक व्यथा पोखेर संवेदनशील बनाउँछन्, कतै हाँसोको वर्षा गराउँछन्, भने कतै गाम्भीर्यको गहिराइमा पु¥याउँछन् ।
उनका मुक्तक सलल बगेका छन् । चोटिला, पोटिला, स्वादिला, खँदिला व्यङ्गात्मक मीठा राम्रो उत्कृष्ट रहेका मेरो ठम्याइमा छ । अव हामी उनका केही मुक्तकहरू पढौँ ः–

अखबार ओढेर मान्छेले पौषको चिसो जाडो छल्न सक्दैन
अभावले भिजेका चुल्हाहरूमा न्यानो आगो बल्न सक्दैन
ब्रोइलरको अण्डा च्यापेर ओथारा बसेका वर्तमानले
असम्भव कहिल्यै भविष्यको सुन्दर चल्ला कोरल्न सक्दैन ।

जहिलेदेखि सहरमा बढ्दो छ
जनसंख्याको अत्याधिक चाप
प्रारम्भ भो बाख्राको मासुमा
नगरपालिकाको छाप ।

अनागरिकको खल्तीमा सहजै नागरिता भेटिन्छ
धर्मको विवादमा वाइवल, कुरान र गीता भेटिन्छ
हेर ! कति अभागी छौ हामी कति निरीह छ देश
जहाँ सधैँ डराइरहेको बुद्ध र रोइरहेकी सीता भेटिन्छ ।

यिनका मुक्तकमा राष्ट्रवादी चेत पाइन्छ । नेपाली राजनीतिले पारेको निराशाजनक परिणाम प्रतिको आव्रmोसयुक्त भाव पाइन्छ । बेइमानी र भ्रष्टाचारका विरूद्ध उनले आक्रोश पोखेका छन् । प्रतीक प्रयोग र बिम्बालंकार विधानमा अत्यन्त कुशलता देखापरेको छ ।
इन्द्रनी रङ्गले विविध आकांक्षाहरूको प्रतिकात्मक अर्थवरण गरेको पाइन्छ । उनका सृजनाहरूको सौन्दर्य पक्ष भनेको नै नवीन बिम्बहरूको कुशल आयोजना हो, पङ्क्ति आयोजनाका दृष्टिले चारदेखि सात पङ्क्तिसम्मका मुक्तकहरू सृजना गरेको पाइन्छ ।

यिनी समकालीन विसंगतिका पीडा र व्यथा–ओकल्ने सर्जक हुन् । प्रणयलाई सस्ता शब्दमा खर्चने परम्पराभन्दा यिनी धेरै माथि कलात्मक कालीगडीयुक्त भाषामा प्रकटिने क्षमता राख्दछन् । म उनको बिम्ब आयोजनबाट अत्यन्त प्रभावित छु । प्रतीकहरूको चयनमा यिनी सिद्धहस्त छन्, विषयलाई प्रभावकारी ढंगले च्वाट्ट व्यक्त गर्न सक्ने खुबी यिनमा छ । पोखरेल समकालीन नेपाली मुक्तककारहरूका माझ एक उत्कृष्ट प्रतिनिधि हस्ताक्षर हुन् । सबै मुक्तहरू पढौँ पढौँ लाग्ने छन् । यो सङ्ग्रह पढेपछि नै यसको रसास्वादन गर्न पाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!