बिराटनगर । कोरोना महामारी अन्त्य नभए पनि पछिल्लो समय जनजिवन भने सामान्य बनिसकेको छ । सार्बजनिक यातायात, होटल व्यवसाय, चलचित्र उधोग संगै मनोरंजन स्थलहरु पनि यतिबेला सुचारु भैसकेको छ । यस्तैमा पछिल्लो समय मौलाउदै गएको ब्युटि प्याजेण्टहरु पनि धमाधम हुन थालिसकेका छन् । युवा तथा बालबालिकालाई लक्षित गर्दै गरिने यस्ता प्याजेण्टहरु अहिले गाउगाउमा पुगिसकेको अवस्था छ । यस्तैमा बालबालिकाको सौन्दर्यता संगै लुकेको प्रतिभालाई उजागर गर्ने हेतुले संचालन भएको ‘पुर्वाञ्चल लिटिल स्टार’ तेश्रो संसकरण पुन सुरु हुने भएको छ । कोरोना महामारीको दोश्रो लहरको चपेटामा परेको यो प्याजेण्टको पहिलो चरणको अडिसन सम्पन्न भैसकेको छ ।

अब आयोजक दोश्रो अडिसनको लागि तयारिमा जुटेको छ । पहिलो र दोश्रो सिजन सफलता पुर्वक सम्पन्न भएको पुर्वाञ्चल लिटिल स्टारको यो संस्करण भने केहि बृहत हुने भएको छ । यो संस्करणको सेमिफिनाले प्रदेश १ को ४ ठाउमा हुने छ । जहाबाट छानिएका उत्कृष्ठलाई फ़ाईनल प्रतिष्पर्धामा लगिने छ । ४ ठाउबाटै छानिएका उत्कृष्ठ प्रतिष्पर्धीबाट एक बृहत कार्यक्रमको आयोजना गरि पुर्वाञ्चल लिटिल स्टार तेश्रो संस्करणको बिजेता घोषणा गरिने आयोजकले जनाएको छ । साईमन फिल्मस एण्ड इण्टरटेन्मेण्ट मुम्बईले आयोजना गरेको यो प्याजेण्टको साईमन राजबंशीले व्यवस्थापन हेर्नेछन ।

तेश्रो संस्करणका बिजेताले ५१ हजार नगद पुरस्कार वा २ लाख बराबरको म्युजिक एल्बमको मौका पाउने छन् । त्यस्तै यो संस्करणको मुख्य आकर्षण भनेको प्याजेण्टमा सहभागी सम्पूर्णले हिन्दि गीतको अफ़िसियल म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाउने हो । जसको लागि गीत पनि तयार भैसकेको साईमन राजबंशीले जानकारी गराए । गीतमा लोकप्रिय बालगायका प्रितम आचार्यले स्वर दिएका छन् । उनले यसअघि भारतीय टेलिभिजनको लोकप्रिय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा गएर तहल्का पिटिसकेका छन् । यस्तै उनलाई स्वरमा अस्मिता कार्कीले साथ् दिएकि छन् । उनि पुर्वाञ्चल लिटिल स्टार दोश्रो संस्करणको सहभागी हुन् । सो म्युजिक भिडियोलाई इण्डियाको चर्चित युट्युब च्यानल T-Series ‘टि-सिरिज’बाट सार्बजनिक गरिने छ ।

यस्तै यहि आयोजक कम्पनि साईमन फिल्म्स एण्ड इण्टरटेन्मेण्टले विग बजेटमा निर्माण गर्न लागेको चलचित्र ‘प्रधान द लिडर’मा समेत शोका सम्पूर्ण सहभागीले मौका पाउने छन् । जुन चलचित्र नेपालि, हिन्दि, राजबंशी र भोजपुरी गरि ४ भाषामा तयार हुदै छन् । यस चलचित्रका लागि नेपालि अभिनेता सौगात मल्ललाई आयोजकले अनुबन्ध गर्ने तयारी गरेको छ भने बलिउडका बरिष्ठ अन्नु कपुर लगायतका कलाकारहरुको समेत अभिनय रहने आयोजकले जनाएको छ । तेश्रो संस्करणको अडिसन यहि कार्तिक १३ गते हुदै छ । ४ ओटै ठाउमा एकै दिन अडिसन गर्न लागिएको आयोजकले जनाएको छ ।

इटहरीमा पुर्वलाईन मिलन चोकमा अवस्थित पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनको सभाहलमा अडिसन हुदै छ । यस्तै धरानमा महेन्द्रपथमा अवस्थित मुनाल सांस्कृतिक कला केन्द्रको सभाहल, बिराटनगरमा जलजला चोकमा अवस्थित डेजल म्युजिक एण्ड फिटनेसको सभाहल र बिर्तामोडमा भद्रपुर रोडको अन्नपुर्ण चोकमा अवस्थित साइ प्यालेसमा अडिसन तय गरिएको छ । सम्पूर्ण ठाउमा १२ बजेर ३० मिनेट देखि ४ बजेसम्म अडिसन हुनेछ भने बिस्तृत बुझ्नको लागि ९८११३५९८४७ नम्बरमा सम्पर्क गर्न सकिनेछ । पुर्वाञ्चल लिटिल स्टार तेश्रो संस्करणलाई राठी केबलले मुख्य प्रायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!