हिपमत डटकम

सोमबार, कार्तिक ०८, २०७८ || 522  पटक पढिएको

विराटनगर । फरार प्रतिबादी सुनसरी धरान उपमहानगरपालिका ३ बस्ने ३८ बर्षीया रानी कुमारी साहलाई आज पक्राउ गरि सम्मानित जिल्ला अदालतमा बुझाईएको छ ।

वैकिंग कसुर मुद्धामा सम्मानित मोरङ उच्च अदालतबाट २०७६ माघ ६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमसः १ महिना कैद तथा रु.५,००,०००/- (पाँच लाख) जरिवाना भई लगत नं. ९३४९ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेकी साहलाई खोजतलास गर्ने क्रममा १ नं प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका साहलाई सम्मानित सुनसारी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!