बीरेन्द्रकुमार साह

आइतबार, कार्तिक ०७, २०७८ || 903  पटक पढिएको

बिराटनगर।स्वेच्छिक सामाजिक कार्यकर्ता देवकिसन मून्दड़ालाई महेश्वरी समाज बिराटनगरले समान गरेको छ।

विराटनगरका औद्योगिक घराना देबेनरा मून्दड़ा परिवारका अभिभावक समेत रहनु भएका देवकिसन मून्दड़ा समाज सेवामा सदैव अग्रपंक्तिमा रहनु भएको हो । सफल उद्योगी मून्दड़ाको योगदान शिक्षा, स्वास्थ्य सहितका अनेकौं क्षेत्रमा उल्लेखनिय रहेको छ ।

सामाजिक क्षेत्रमा आफ्नो युवा अवास्थादेखिनै योगदान गर्दै आउनु भएको मून्दड़ालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मान–पदवी, अलङ्कार “प्रबल जनसेवाश्री” सम्मानबाट सम्मानित हुनु हाम्रो समाजकोलागि गौरवको कुरा हो। आज हामीले हाम्रो महेश्वरी समाज बिराटनगरको दोस्रो साधारण सभाको अवसरमा यसरि समानित गर्न पाउदा खुशी लागेको महेश्वरी समाज बिराटनगरका निवर्तमान अध्यक्ष नन्दकिशोर राठीले बताउनु भयो ।

कार्यक्रममा बोल्दै समानित देवाकिसन मून्दड़ाले महेश्वरी समाज बिराटनगरको दोस्रो साधारण सभाकोलागि शुभकामना समेत व्यक्त गर्नु भयो। आफुलाई यसरि सम्मान गर्दै कामको मुल्यांकन गरिदिनुहुने समाजका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद समेत व्यक्त गर्नु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!