हिपमत डटकम

शनिबार, कार्तिक ०६, २०७८ || 782  पटक पढिएको

विराटनगर। खोटाङ सामाजिक सेवा मञ्चको भाषा, साहित्य कला उन्नयन उपसमितिको आयोजनामा शनिबार विराटनगरमा मासिक रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

मञ्चको आफ्नै सभाहलमा आयोजित कार्यक्रममा भरत गुरागाईं ‘बर्बरिक’, चूडामणि नेपाल अकिञ्चन, दिङ्लाली कान्छो, ममता मृदुल, मीनकुमार नवोदित, रोहिणी रसिक, जमुना पौडेल, रमेन्द्र कोइराला, राधा सुवेदी, यशोदा अधिकारी, स्वयम्भुनाथ कार्की, लीलानाथ सिलवाललगायत एक दर्जनभन्दा बढी स्रष्टाहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मञ्चका वरिष्ठ उपाध्यक्ष घनश्याम पोखरेल, सदस्य निवास पोखरेललगायतले साहित्य समाजको ऐना भएकाले खोटाङ सामाजिक सेवा मञ्चले मासिक रुपमा साहित्यिक कार्यक्रम सञ्चालन गरेको बताए । कार्यक्रमलाई आगामी दिनमा अझै व्यवस्थित र व्यापक बनाउँदै लगिने कार्यक्रम संयोजक रोहिणी रसिकले स्पष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!