बिराटनगर। रक्षा मन्त्री डा मिनेन्द्र रिजालले आफ्नो निर्वाचन क्षेत्र मोरङ -२ का विभिन्न बाढी प्रभावित क्षेत्रहरुको निरिक्षण गर्नु भएको छ ।
वहाँले रतुवा नदिले प्रभावित पारको रतुवामाई र उर्लाबारीको सिमाना गाईघाट क्षेत्र, रतुवामाई ७ स्थित राजावास क्षेत्र, रतुवामाई ३ चौकीघाट त्यसैगरि बक्राह नदिबाट प्रभावित वडा नं- १ को सोनापुर र वडा नं- ५ को लारिकट्टा कुमालटोल क्षेत्रको निरिक्षण गर्नुभएको छ । त्यसैगरि सुनवर्षी ७ बरडंगा मा वि क्षेत्र , सुनवर्सी ६ केरञ्जा र कैमी , पथरी शनिश्चरे ५ सुन्दरी चौक , रंगेली ९ देमना, रंगेली ३ काजीमान चौक, कानेपोखरी १ पुतली चौक लगायत क्षेत्रको निरिक्षण गर्नुभएको छ।
रक्षा मन्त्री रिजालले रतुवा नदिको पुल चाडै सञ्चालनमा आउने गरि काम सुरु हुने बताउनु भयो । साथै बाढि प्रभावित क्षेत्रमा तत्काल स्थायी बाँध निर्माण गर्ने, पिढित परिवारलाई राहतको व्यवस्थापन गर्ने र बेमौसमी बाढिले कृषकहरुको धानबाली तथा कृषि उत्पादनमा परेको क्षतिलाई मध्यनजर गर्दै कृषकहरुलाई समेत उचित राहतको व्यवस्थापन सरकारले गर्ने तथा बाढि प्रभावितहरुकोलागी मन्त्रीपरिषदमा सशक्त आवाज उठाउने रिजालले हिपमत डटकमलाई बताउनु भयो ।
निरिक्षणमा प्रदेश सांसद शिवनारायण सिंह, रतुवामाई नगरपालिकाका मेयर रविन राई, सुनवर्सी नगरपालिकाका मेयर काली प्रसाद दास लगायतले निरिक्षण गर्नू भएको हो ।