रबिन्द्र बराल

शनिबार, कार्तिक ०६, २०७८ || 439  पटक पढिएको

रंगेली। नेपालकाे अंगिका भाषाकाे पहिलाे फिल्म जय किसानकाे सुभारम्भ रंगेलीकाे ग्राम लक्ष्मी बहुउदेश्य सहकारीकाे भवनमा एक औपचारीक कार्यक्रम गरेर शुभारम्भ गरेकाे छ ।

कार्यक्रमकाे प्रमुख अतिथि नेपालका सबै भन्दा अग्ला व्यक्ती राजन अधीकारी, विशिष्ट अतिथि सन्ताेष मण्डल ,धर्मेन्द्र मण्डल, तुलसी मण्डल, गायक विष्णु राजवंशी ,कैलाश मण्डल, उषा मण्डल ,रंगेली का शिक्षा अधिकृत रविन्द्र पण्डित, बिनाेद यादव, लगायतकाे उपस्थित रहेकाे थियाे ।

फिल्ममा किसानहरुकाे विषय बस्तुलाई आधार बनाएर तयार गर्ने निर्माण पक्षले हिपमत डटकमलाई जानकारी दिएको छ । किसानहरु कसरी मेहनत गरेर बाली उत्पादन गर्छ तर किसानकाे नाममा विभिन्न रकमहरु आए पनी किसानले नपाई नक्कली किसानले सेवा सुविधा उपभोग गरेको र नेपालका तराईमा रहेका अंङ्गिका भाषालाई समेत यस चलचित्रको माध्यमबाट प्रचार प्रसार गर्ने तुलसी कलाकारले हिपमतसंगको कुराकानीमा बताए ।यो चलचित्रलाई ग्राम लक्ष्मी बहुउदेशय सहकारी रंगेली एस वी कृषी फर्म कटहरीले निर्माण गर्ने भएको छ।

अप्सरा फिल्मकाे कम्पनीको समेत सहयाेग रहेकाे यस चलचित्रको कथा तुलसी कलाकारले लेखेका हुन् । धिरेन शाहा र अजित दासले छायांकन गर्ने छ भने , चलचित्रको गीतमा तुलसी कलाकार , अनु चाैधरी ,र माला राजवंशीकाे स्वरमा रहने छ । चलचित्रको छायांकन प्रदेश एकको बिभिन्न रमणीय स्थानमा हुने र छायांकन ४ महिनामा सम्पन्न हुने चलचित्रका लेखक एवम गायक तुलसी कलाकारले हिपमत डटकमलाई बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!