मोरङको बेलबारी नगरपालिका वडा न. ३ निवासी बर्ष १३ की बालिका विनिता पासवान बेपत्ता भएकी छिन् । करिब ५ फिट २ इन्च अग्ली गहुँगोरो बर्णकी, पहेलो ज्याकेट, सुरुवाल, फित्तेचप्पल लगाएर मंसिर ३० गते सोमबार साझ बेलबारीको ढाट बजार जान्छु भन्दै घर बाट निस्केकी पासवान २ महिना बितिसक्दा पनि घर फर्केकी छैनन् ।

आफन्त, स्टमित्र साथीभाई सबैकोमा खोजि सके पछि पुस ५ गते बेलबारी प्रहरी कर्यलयमा उजुरी दिएको विनिताको फुपु सरिता पासवान बताउछिन् । विनिता डेड बर्षको उमेर देखिनै सरीता पासवान (फुपु) संगै बस्दै आएकी थिईन् ।

उनि बेपत्ता भएको दिन देखी परिवारका सबै सदस्यहरु आसुको दहमा भिझी रहेका छन् । उनिलाई फेला पार्नु हुने महानुभावले नजिकैको प्रहरी कार्यलय अथवा निम्नसम्बन्धित व्यक्तिलाई सम्पर्क गरि सहयोग गरिदिनका लागि अनुरोध गर्दछौं । (९८१०५२९४४४ – सरिता पासवान) – फुपु ।

उनि बेपत्ता हुनुभन्दा केहि महिना अगाडी घर ढिलो आएको कारण कहाँ गएकी थियौ भनी फुपुले सोध्दा साथीको घर भनेर टार्न खोजेकी थिईन, फुपुले को साथी ? घर कहाँ ? भनी फेरी सोधी खोजि गरीन्, साथीको घर लग भन्दा एता उती डुलाई रहिन, फुपुले फकाएर सोध्दा आजात खान भन्ने पुरुष संग गएको बताईन । आजत कामको सिल सिलामा केहि महिना अगाडी सम्म बेलबारीमा बालमा बसेका थिए । उनको स्थाई ठेगाना बिराटनगर हो । विनिता बेपत्ताहुनु भन्दा केहिदिन अगाडी आजात र विनिता संगै हात समातेर बजार घुमी रहेको कुरा पारीवारी श्रोतलाई प्रत्यक्ष दर्सीले जानकारी दिएको सरिता बताउछिन् ।

प्रेमी भनिने आजातलाई प्रहरीले नियन्त्रण गरी तारीकमा छाडीएको छ । विनिताको खोजी कार्य तिब्र रुपमा भईरहेको ईलाका प्रहरी कार्यलय बेलबारीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!