हिपमत डटकम

शुक्रबार, कार्तिक ०५, २०७८ || 489  पटक पढिएको

शिल्पी थिएटरको मुक्त रंगमञ्च अभियानअन्तर्गत शुक्रबार विराटनगरमा ‘ठूला माछा–साना माछा’ मञ्चन गरिएको छ ।

शिल्पीले विराटनगरमा ‘ठूला माछा–साना माछा’ नाटक मञ्चन गरेर अभियानको सुरु गरेको छ । शिल्पीले प्रदेश–१ का मोरङ, सुनसरी र झापाका २१ स्थानमा सो नाटक मञ्चन गर्नेछ । विराटनगरबाट सुरु भएको नाटक रंगेली, विराटचोक, इटहरी, धरान, इनरुवा, दमक, विर्तामोड, काँकडभिट्टालगायतका स्थानमा मञ्चन गरिने नाटकका परिकल्पनाकारसमेत रहेका निर्देशक घिमिरे युवराजले जानकारी दिए ।

राजनीतिक नेतृत्व र कर्मचारीले सर्वसाधारणलाई कसरी दुःख दिएका छन् भन्ने विषयलाई नाटकले सशक्त रुपमा उठान गरेको छ । स्थानीय तहमा विकासका नाममा भइरहेका मनपरी र आर्थिक अनियमितालाई पनि नाटकले देखाउने प्रयास गरेको छ ।

किसान, मजदुरहरुले सरकार, ठेकेदार र विचौलियाबाट कतिसम्म दुःख पाएका छन् भन्ने विषयलाई नाटकले छर्लङ पारेको छ । मञ्चन भएको नाटकलाई आधार मानेर लेखेका उत्कृष्ट ४ कवितालाई जनही २५ हजारका नगदसहित पुरस्कृत गरिने निर्देशक घिमिरेले हिपमत डटकमलाई जानकारी दिए ।

उनका अनुसार ‘ठूला माछा–साना माछा’ देशभर मञ्चन गरिने र त्यसपछि प्राप्त भएका कवितालाई पुरस्कृत गरिनेछ । घिमिरे युवराजको परिकल्पना र निर्देशनमा मञ्चन भएको नाटकमा पवित्रा खड्का, रेनुका कार्की ढोली, सविन कट्टेल, संगता उराँव, मानहाङ लावती, असिम खनाल, ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, ज्याक बराल, हिमाल भुजेल र संजीत थुलुङ राईले अभियन गरेका थिए । वि.सं. २०६३ सालमा स्थापित शिल्पीले तीन महिने अभिनय तालिमसमेत सञ्चालन गर्दै आएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा समेत बेला–बेला विभिन्न नाटक मञ्चन गर्दै आएको शिल्पीले गाउँमा रंगमञ्च कार्यक्रम सञ्चालन गर्ने गरेको छ । दर्शकका रुपमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहित विभिन्न राजनैतिक दलका नेता, साहित्यकार, पत्रकार, बुद्धिजीवीलगायतको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!