जुगेश दास

शुक्रबार, कार्तिक ०५, २०७८ || 585  पटक पढिएको

सुनसरी । नेपाल तरुण दल इनरुवा नगर कमिटीद्वारा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । दुई दिन यता सुनसरीका विभिन्न ठाउँ लगायत इनरुवामा भएको भारी वर्षाका कारण सुनसरी खोलामा आएको बाढिले इनरुवा–४ स्थित खिक्रीपट्टी टोलमा ५० भन्दा बढी घरधुरी डुवानमा परेको थियो ।

उक्त वाढीका कारण डुवानमा परेका परिवारलाई शुक्रबार चिउरा, भुजा, नुन, विस्कुट, तेल लगायतका राहत सामाग्री वितरण गरेको हो । राहत वितरण कार्यक्रममा तरुण दल इनरुवा नगर सभापति सुरेन्द्र साह, नगर उपाध्यक्ष अरविन्द के.सी., नगर सचिव सत्य नारायण यादव, विकेश श्रेष्ठ, नेपाल तरण दल सुनसरी सदस्य मोती यादव लगायतले राहत वितरण गरेका छन ।

बाढी प्रभावितलाई थोरै भएपनि राहत मिलोस भनेर दाताहरुबाट संकलित रकमबाट सामाग्री खरिद गरेर वितरण गरिएको नेपाल तरुण दल इनरुवा नगर समितिका सचिव सत्य नारायण यादवले बताए । ‘हामीले खासै ठूलो सहयोग गरेका त होईनौं । तरपनि बाढी र डुबानले बनाएको घाउमा थोरै भएपनि मल्हम लाग्छ की भन्ने यादवले हिपमत डटकमलाई बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!