हिपमत डटकम

शुक्रबार, कार्तिक ०५, २०७८ || 400  पटक पढिएको

ईशनाथ नगरपालिका-१ बन्जरहाबाट १ लाख ८० हजार अवैध भारतीय रुपैयाँ सहित भारत बिहार राज्य शिवहर ग्राम पंचायत वेलवाघाट-५ बस्ने २२ वर्षीय सुशिल कुमार साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बन्जराहस्थित बकैया खोलाको बाँधमा सिमा प्रहरी चौकी बन्जरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई अवैध रुपमा झोलामा बोकी हिँडेको उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

साहलाई बरामद भारतीय रुपैयाँ सहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!