रबिन्द्र बराल

बुधबार, आश्विन २७, २०७८ || 723  पटक पढिएको

मोरङ धनपालथान गाउँपालिका वडा नं.-४ स्थित कर्सियाको विपि चोकमा रहेको सिटिजन बैंक लुटन आएका तीन जनालाई रंगेली प्रहरीले आज सार्वजनिक गरेको छ ।

मोटरसाईकलमा आएका समूहले बैंकको गार्ड जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं.-२ बस्ने वर्ष ४० को सितल कुमाललाई गोली प्रहार गरी घाईते बनाएका थिए ।

 

बैकबाट नगद लुटपाट गरी फरार रहेकाहरुलाई प्रहरी चौकी अमाहीवरियाती तथा ससस्त्र बेश क्याप मायाँ गन्ज काे संयुुक्त गस्ती टाेलीले लुटपाटमा संलग्न रहेका विराटनगर महानगरपालिका वडा नं.-८ बस्ने वर्ष ३२ को श्याम मुखिया, देस भारत अररिया सेखपुरा ५ बस्ने वर्ष २८ को सुनिल यादव, देस भारत अररिया गोराहा ४ बस्ने वर्ष ३० को बिजय सहनी काे साथ बाट को २५ प ३८९९ नम्बर १५० सिसि को निलो रंगको पल्सर मोटरसाईकल, कटुवा पेस्तोल थान-१ , नपड्किएको राउण्ड थान १, खोका थान १ र पड्किएको गोली थान-१ नोकिया कम्पनीको सादा मोवाईल थान-१ समेत गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!