रबिन्द्र बराल

बुधबार, आश्विन २७, २०७८ || 657  पटक पढिएको

बिगत पाँच बर्ष देखि बिराटनगर स्थित काली मंन्दिरबाट सुरु भएको निशान यात्रालाई गत बर्ष काेराेना भाईरका कारण निसान यात्रा हुन नसकेको कारणले गर्दे यस बर्ष भने धुमधाम का साथ निशान यात्रालाई निरन्तर दिईने भएको छ ।

 

दशैको महानवमी अर्थात भोली बिहीबार विहान ८ वजे विराटनगर स्थित काली मन्दिर वाट पार्चौ निशान यात्रा प्रारम्भ हुर्दैछ । विराटनगर स्थित कालीमन्दिरवाट प्रदेस न १ का राज्यमंत्री लिलावल्लभ अधिकारी , ज्ञानेश्वर राजवंशी तथा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले निशानयात्राको शुभारम्भ गर्नु हुने कार्यक्रम रहेको छ ।

ध्वजा पताखा वोकेर भजन कृतन सहित पैदल निस्कने सो यात्रामा सहभागी भक्तजनहरु २२ किलोमिटर हिडेर रंगेली स्थित प्राचिन काली मन्दिरमा पुगेर निशान यात्राको ध्वजा चढाउने जनाइएको छ । करिव ४ सय भक्तजन सहभागी हुने सो यात्रा ५ घन्टामा रंगेली स्थित कालिमन्दिर पुग्ने निशान यात्राा आयोजक समितिका अध्यक्ष मनोज अग्रवालले बताए ।

यात्रामा सवै जातजाती समुदाय सहभागी हुने सो यात्रामा २२ किलोमिटरको दुरी तयगर्ने क्रममा ८ ठाउँमा पाँचदेखि दश मिनेट विश्राम लिने अग्रवालले बताए ।
शरिरलाई कष्ठ दिदै विराटनगरवाट पैदल हिडेर रंगेली स्थित कालिमातालाई शुद्धमनले ध्वजा चढाउदा मनोकामना पुरा हुने भएकाले निशानयात्रा प्रती भक्तजनको विश्वास वढदै गएको पाइन्छ । वलि नचढाइ शुद्धमनले देवी माताको पुजा गदापनि पुन्य कमाउन सकिने भक्तजनको विश्वास रहेको छ ।

देवीमाता प्रतीको विश्वासका कारण दशैको वेलामा पनि रमाउन छाडेर पैदल हिडेर कालीमन्दिर पुग्न भक्तजनको यात्रामा उल्लेखनिय सहभागीता हुने गरेको छ । रंगेली मन्दीर पुगेका भक्तजन लाई पुन विराटनगर ल्याउन तथा विचविचमा क्याम्प संचालन गर्न तथा भक्तजनहरुको सेवाका लागी विभिन्न उपसमिति समेत गठन गरिएको छ । विराटनगर रंगेलीको विचमा पर्ने पालिकाका मेयर तथा गाउपालिका अध्यक्षहरुले पालिकाको सिमाना कट्न लाग्दा एक पालिकाको मेयरले अर्कोपालिकाका मेयरलाई निशान यात्राको ध्वजा हस्तान्तरण गर्ने समितिका अध्यक्ष अग्रवालको भनाई छ ।

जस्तो विराटनगरको सिंगिया खोला कटेपछि विराटनगर महानगरपालिकाको मेयरले कटहरी गाउपालिकाका अध्यक्षलाई ध्ववजा हस्तान्तरण गर्नेछन ।यात्रामा सहभागी भक्तजनहरुले खुटामा छालाको चप्पल जुत्ता तथा वेलट लगायत कुनैपनि छालाका सामाग्री प्रयोग गर्न निशेध गरिएको छ ।

छाला वाहेको जुत्ता भने प्रयोग गर्न नपाइने समितिले जनाएको छ । कोभिडका कारण सहभागी भक्तजनहरुलाई अनिवार्य मासको प्रयोग गर्न र स्वास्था सावधानी अपनाउन समेत आग्रह गरिएको समितिका अध्यक्ष अग्रवालले वताउनुभयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!