हिपमत डटकम

बुधबार, आश्विन २७, २०७८ || 660  पटक पढिएको

दशैंमा खसीको व्यवस्थाको विषयमा विवाद हुँदा बाबुले छोरामाथि हँसिया प्रहार गरे । बाबुछोराबीच झगडा हिंसामा परिणत भयो । बाबुले आवेशमा आएर छोरामाथि हँसिया प्रहार गरे । छोराको घटनास्थलमै मृत्यु भयो ।

यो घटना सल्यानको हो । गएराति १० बजे बनगाडा कुपिण्डे नगरपालिका १० माझकाडाका ५५ वर्षीय निमबहादुर कुँवरले ३३ वर्षीय छोरा रुपलाल कुँवरमाथि हँसिया प्रहार गरेका थिए ।

घटनापछि प्रहरीले बाबु निमबहादुरलाई पक्राउ गरेको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!