हिपमत डटकम

बुधबार, आश्विन २७, २०७८ || 481  पटक पढिएको

काठमाडौं । गायिका मेलिना राई र गायक सन्जिब पुडासैनीको सहकार्यमा तयार भएको गीत ‘सुन प्रिय’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

घुुम्ने, रमाउने उमेरका युवा युवतीहरुको घुमघाम रमाइलोमा सुटुक्क प्रेममा पर्नेहरुको कथालाई नजिकबाट देखाइएको भिडियोमा सुन्दरी मोडल उषा उप्रेतीका साथमा आशिष पाण्डे, बिनु गुरुगं र नवराज बस्नेतको अभिनय देख्न सकिन्छ ।

रुमु न्यौपाने र अमृत भुजेलको शब्द शृजना रहेको सुन प्रियमा गायक सन्जिव स्वयमकै संगीत सृजना रहेको छ । जसको एरेन्ज र मिक्सिगं एण्ड मास्टरिगं शैलेन्द्र मान प्रधान ९बाबु०ले गरेका हुन् ।

सोबित मगर र प्रिन्स राईको कोरियोग्राफी रहेको गीतको छायांकन र सम्पादन र निर्देशन पनि फराज अर्पणले गरेका हुन् । भिडियोको सह निर्देशन विशाल थापाले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!