हिपमत डटकम

मंगलबार, आश्विन २६, २०७८ || 480  पटक पढिएको

धरान । गायिका हर्षु राईको राष्ट्रिय भावमा समर्पित गीत ” मेरो देश नेपाल’को भिडियो सार्वजनिकगरिएको छ ।

सोमबार धरानको बराह कम्प्लेक्सको हलमा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ र धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले प्ले बटन थिचेर गीतको भिडियो सार्वजनिक गरे । गोपाल दाहालको शब्द रचना, विनोद प्रियदर्शी राईको सङ्गीत र किरण कँडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो नगेन्द्र लोहोरुङ राईले निर्देशन, छायाँकन र सम्पादनमा तयार भएको हो।

भिडियो विमोचन कार्यक्रममा बोल्दै वरिष्ठ गायक दीप श्रेष्ठले देशभक्ति भावको गीत लेखिने र गाईने क्रम कम भएका बेला ‘मेरो देश नेपाल’ गीत सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । कोरोना सङ्क्रमणपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परेका उनले गीत तथा भिडियोको टिमलाई बधाई समेत दिए ।

कार्यक्रमकी विशेष अतिथि धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारीले आफुलाई गीतका शब्द, सङ्गीत र गायनले छोएको बताउँदै अझै यस्तै गीतमा निरन्तरता दिन आग्रह गर्दै सबैलाई भिडियो हेरेर शेयर गरेर सहयोग गर्न अनुरोध गरिन् । कार्यक्रममा गायिका हर्षुले ‘मेरो देश नेपाल’ र आफ्नो पुरानो गीत ‘चेलीको सिन्दुर पुछियो’ बोलका गीत सुनाएकी थिईन् । २०४३/०४४ सालबाटै जनवादी गीत गाउन सुरु गरेकी गायिका हर्षु राईले पञ्चायतीकालमा हिमायती समूहसँगै मिलेर गीत मार्फत खबरदारी गर्ने गर्थिन । २०४७ सालताका पूर्वका गाउँ गाउँमा ‘चेलीको सिउँदो पुछियो….’ जस्तो जनवादी गीत गाउँदै हिड्ने हर्षुले हिमायती समूहबाट ‘आकाशमा उड्ने चरी’, ‘झरझर झरना’ लगायतका गीतहरु पनि गाएकी छिन् ।

पछिल्लो समय आधुनिक गीतमा सक्रिय उनि पूर्वका धेरै ठाउँसँगै हङकङसम्म पुगेर आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । २०५१ सालमा उनले आफ्नो पहिलो एकल एल्बम ‘स्मृति’ र २०६२ मा दोस्रो एल्बम ‘प्रिति’ बजारमा ल्याइसकेकी छिन् । लामो समय धरान उप- महानगरपालिकाको जागिरे जीवनबाट केहि बर्ष अघि मात्र अवकाश लिएकी गायिका हर्षु राईले लामो अन्तरालमा नयाँ गीत “मेरो देश नेपाल ” राष्ट्रिय भावनामा समर्पित रहेर म्यजिक भिडियो सहित ल्याएकी हुन्। “मेरो देश नेपाल ” गीतको भिडियो सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानलमा हेर्न सकिन्छ।

भिडियो सार्वजनिक कार्यक्रममा गायिका सोफिया गुरुङ, गायक एपी शेर्पा, सङ्गीतकार जीवन भट्टराई, धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ , गायक/ संगीतकार नवराम राई लगायत बिभिन्न संगीतकर्मीहरु बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम संचालन इक्सा मादेनले गरेकी थिईन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!