हिपमत डटकम

सोमबार, आश्विन २५, २०७८ || 577  पटक पढिएको

रौतहट ।अषाढ १० गते भित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिसक्नु पर्नेमा राजनीतिक दलको नेतृत्वको कारण समस्या उत्पन्न भएकोले ३ महिना ढिलो आज सोमबार देवाही गोनाही नगरपालिकाको पाचौ आधिबेशन सम्पन्न भएको छ ।

जनता समाजवादी पार्टीको नगर प्रमुख भएको देवाहीगोनाही नगरपालिकामा नेकपा एमाले , नेकपा माओवादीका निर्वाचित जनप्रतिनिधिहरुको अवरोधको कारण ३ महिना ढिलो सोमबार पाँचौं नगरसभा सम्पन्न भएको छ ।राजनीतिक दलको निर्वाचित जनप्रतिनिधि विच सहमति भएपछी नगर अधिबेशन शान्ति पूर्ण बातावरणमा आज सम्पन्न भएको हो । नगर प्रमुख धर्मेन्द्र पटेलले अधिवेशनमा आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गरेका हुन्।

नगर प्रमुख पटेलले आगामी आर्थिक वर्षको लागि ४९ करोड ८६ लाख १५ हजार रुपैयाको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।आन्तरिक आयबाट १ करोड प्रद्रेश सरकार संघीय सरकारको राजश्व बाडफाडबाट ७ करोड ६० लाख ६२ हजार , केन्द्र तथा प्रदेश सरकार बाट सशर्त अनुदान तर्फ १७ करोड ४५ लाख ,अन्तरसरकारी बितिय हस्तान्तरण बाट १० करोड ८८ लाख, केन्द्र सरकार बाट प्राप्त हुने बिशेष अनुदान २ करोड २४ लाख, प्रदेश सरकार बाट प्रदान हुने सम्पुरक तथा बिशेष अनुदानबाट ५० लाख रुपैयाँ व्यय रहेको प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। १४ पेजको लामो प्रस्तुत नीति कार्यक्रममा पूर्वाधार , शिक्षा , स्वास्थ्य , कृषि सिचाई , पशु ,मनोरंजन खेलकुद , उद्योग तथा बाणिज्य पर्यटन सहकारी क्षेत्रलाइ प्राथमिकता दिइएको छ ।

देवाहीगोनाहीको पाँचौं नगरसभाको नगरप्रमुख धर्मेन्द्र पटेल र उपप्रमुख परनिया देवी पटेलले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए ।
पाचौं नगरसभामा नगरपरिषदको सफलताको कामना गर्दै नगर उपप्रमुख परनिया देवी पटेलले शुभकामना व्यक्त गरेका थियो । पाँचौं नगरसभाको अवशरमा सुरक्षा निकायको प्रतिनिधि तथा नगरपालिकाको कर्मचारीलाई नगर प्रमुख र उप प्रमुखले दोसाला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!