काठमाडौं महानगरपालिका-२ लाजिम्पाट धोविचौर डेरा गरी बस्ने संखुवासभा खिचिला गाउँपालिका-२ घर भएका ४५ वर्षीय किरण राई आफ्नै कोठाभित्र आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी स्याङ्जा, पुतलीबजार नगरपालिका-३ कमरे माटा बस्ने ५६ वर्षीय टिकाराम नेपाली सोही नगरपालिकास्थित काफलडाँडाको गोरेटो सडकबाट १ सय मिटर तल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सोही नगरपालिकास्थित केयोडाँडा गाउँमा विवाहको भोजमा गएकोमा घर फर्की नआएपछि खोजी गर्नेक्रममा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।