हिपमत डटकम

आइतबार, आश्विन २४, २०७८ || 686  पटक पढिएको

काठमाडौंँ । दर्शकले अत्याधिक मनपराएको पात्र ‘इकु’ सानोपर्दामा फर्किएको छ । कलाकार सुलेमान शंकरले सिरियल ‘इकुपिताङ’ मार्फत ‘इकु’ पुनः दर्शक माझ ल्याएका हुन् ।

‘इकुपिताङ’को दशैँको अवसर पारेर शनिबारदेखि प्रसारण सुरु गरिएको निर्माता निर्देशक सुलेमान शंकरले ‘इकु’ ले बताए । सुलेमानले आफ्नै अफिसियल च्यानल ‘इकु इकु’ बाट यसको प्रसारण सुरु गरेका हुन् ।

दर्शकले आफ्नो हातमा रहेको मोवाइलबाट पनि हेर्न पाउन् भनेर सिधै युट्युवबाट ल्याइएको सुलेमानको भनाई रहेको छ ।

बालकदेखि बृद्धसम्मले मनपराएको पात्र ‘इकु’ समेटिएको सिरियलको नयाँ नयाँ भाग अवदेखि दर्शकले प्रत्येक शनिबार यसै च्यानलमा हेर्न पाउनेछन् ।
सिरियलमा ‘इकु’ को भुमिका सुलेमानै छन् । यस अगाडि पनि अन्य सिरियलमा यो भुमिका उनले नै निर्वाह गरेका थिए ।

सुलेमानको अलवा सिरियलमा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगर लगायतको अभिनय देख्न सकिनेछ ।
योगेश उपाध्यायको संगीत र बिनय कार्कीको गीत सिरियलमा छ ।

हुन त केही अगाडि निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेलले आफ्नो श्रृखला ‘हल्का रमाइलो’को केही भागमा ‘इकु’लाई प्रस्तुत गरेका थिए । पहिलो पटक ‘इकु’ हास्य सिरियल मेरी बास्सैमा देखिएको थियो ।

‘दर्शकले रुचाएको ‘इकु’ को भूमिकामा फेरि देखिन पाउदा निकै खुसी लागेको छ । फेरि एक पटक ‘इकु’ बनेर दर्शकलाई भरपुर मनोरञ्जन दिनेछु’ सुलेमानले भने ‘दर्शकले सँधै भन्नुहुन्थ्यो इकु कहिले हेर्न पाइन्छ ।’

दर्शकको चाहना अनुसार नै ‘इकुपिताङ’ निर्माण भएको सुलेमानले सुनाए ।

‘पहिले बालबालिकालाई ‘इकु’ को बारेमा थाहा छ । तर अहिलेका बालबालिकालाई केही थाहा छैन’ सुलेमानले थपे ‘अहिलेको पुस्तामाझ पनि ‘इकु’ चरित्र जिवित राख्ने चाहना मेरो थियो ।

त्यसैले पनि ‘इकुपिताङ’ जन्मियो ।’ राजु पौडेल र मदन महर्जनको छायाँकन र रविन बजगाईको सम्पादन सिरियलमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!