हिपमत डटकम

शुक्रबार, आश्विन २२, २०७८ || 719  पटक पढिएको

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मन्त्री बनाइएकाहरूलाई लिएर असन्तुष्टि भएको छ ।

उपेन्द्र यादवकै छोरा अमरेन्द्र यादवले फेसबुकमा स्टाटस लेखेर जमानत जफत भएकाहरूलाई मन्त्री बनाएर ठूलो गल्ती भएको जनाएका छन् । अमरेन्द्रले मन्त्री छनौट र सिफारिसप्रति असन्तुष्टि जनाएका हुन् ।

उपेन्द्र यादवका आफ्नै छोराले असन्तुष्टि जनाएपछि जसपाभित्र कति ठूलो विद्रोह होला भनेर अनुमान लगाउन सकिन्छ । अमरेन्द्रले मन्त्रीहरूलाई शुभकामना दिन नसकिने पनि भनेका छन् ।

‘दुर्भाग्यपूर्ण मनोनयन केन्द्रीय कार्यकारिणीदेखि अधिकारिकतासम्म अहोरात खट्ने जनताका नायकहरू छुट्ने र कोठे बैठकहरूमा रमाउने बिगतका चुनाव र भविष्यमा पनि जमानत जफत हुनेहरूको बोलवाला देखेर मन दुःखित भयो’, अमरेन्द्रले फेसबुकमा लेखेका छन् ।

उनले भनेका छन्, ‘रामसाहायजी र राजेन्द्रजी बाहेकलाई शुभकामना दिन असमर्थ छु ।’

जसपाबाट चार जना मन्त्री बनेका छन् । मन्त्री बन्नेहरूमा महिन्द्र राय यादव र रेणु यादवप्रति छोरा अमेरन्द्रको आक्रोश छ ।

जसपामा राम्रा र संगठन गरेका सांसदहरूलाई मन्त्री बनाएको छैन । महन्थ ठाकुरलाई छाडेर आएका सांसदहरू पनि मन्त्री बन्न पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!