हिपमत डटकम

शुक्रबार, आश्विन २२, २०७८ || 645  पटक पढिएको

चलचित्र जन्म जन्मको पिरती बस्यो’ गीत एक साता निकै लोकप्रिय थियो । त्यो गीतलाई अहिले पनि त्यत्तिकै रुचाईन्छ ।

भारतीय गायिका साधना सगरगमले गाएको यो गीतलाई यतीबेला फेरी अन्जु पन्तको स्वरमा रेकर्ड गरेर बजारमा ल्याईएको छ । सितल नेपालले लेखेको यो गीतमा शुभ बहादुर सुनामले संगीत गरेका हुन् ।

पुरानै म्युजिक र एरेन्जमा अहिले यो गीतलाई अन्जु पन्तको स्वरमा रेकर्ड गरिएको हो । अन्जु पन्तको स्वरमा तयार गरिएको यो गीतको भिडियो यतीबेला रिलिज गरिएको छ । गीतको भिडियोमा अभिनेत्री आशा पौडेल चन्द कौशिक र अभिनेता यसराज गराचले अभिनय गरेका छन् ।

विभिन्न चलचित्रमा अभिनय गरेकी अभिनेत्री आशा एकदशकपछि फेरी अभिनयमा फर्किएकी छिन् । आफुलाई यो गीत त्यतिबेला देखि साह्रै मन परेको र यो गीतको भिडियोमा मोडलिङ गर्ने प्रस्ताव आएकाले आफु पुन अभिनयमा यो गीतको भिडियोबाट फर्किएको उनले बताएकी छिन् ।

‘अरु पनि तीन वटा भिडियोमा अभिनय गरिरहेको छु । दर्शकको चाहना अनुसार चाँडै नै चलचित्रमा नायिकाको रुपमा पनि प्रस्तुत हुने तयारीमा छु ।’ आशाले यो गीतको भिडियो रिलिजको क्रममा भनिन् ।

नजिकिँदै गरेको दशैंको अबसर पारेर यो गीतको भिडियो रिलिज गरेको पनि आशााले बताएकी छिन् । अभिनेता यसरालले एक दशक पछि फर्किएकी आशासँग भिडियोमा अभिनय गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

यो भिडियोलाई कोरियोग्राफी तथा निर्देशन केशब राज भट्टले गरेका हुन् । जसमा सौरभ लामाको छायाँकन र दिनशन शाहको सम्पादन रहेको छ । गीतको भिडियोलाई आई क्याच स्टुडियोको अफिसियल च्यानलबाट रिलिज गरिएको छ । भिडियोको क्रियटिभ निर्देशक कृष्ण रुपाखेती हुन ।

https://www.youtube.com/watch?v=nGi0GZ9Dw5w

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!