हिपमत डटकम

शुक्रबार, आश्विन २२, २०७८ || 604  पटक पढिएको

बिराटनगर । जमिअत उलमा ए नेपालको आयोजनामा राष्ट्रिय जनगणना २०७८ सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

बिहिवार मर्दासा सहबाजिया सरैचिया ७ मा भएको कार्यक्रममा प्रमुख वक्ताको रूपमा मुस्लिम अगुवाहरु भेला भइ राष्ट्रिय जनगणना २०७८ मा ईस्लामहरूले खेल्नु पर्ने मुख्य भूमिकाको विषयमा सहजीकरण गर्नु भएको थियो । नेपाल भरमा रहेको सम्पुर्ण ईस्लाम धर्मालम्बीहरुलाई धर्ममा ईस्लाम र जातमा मुसलिम लेखाउनको लागि आग्रह गरेको थियो ।

प्रमुख वक्ताहरूको मन्तव्य पश्चात् उपस्थित अन्य वत्ताहरु तथा ईस्लाम सम्बन्धी बिभिन्न संघसंस्थाका प्रतिनिधिहरूले पनि राष्ट्रिय जनगणना सम्बन्धी आफ्नो विचार राखिएका थिए । आ-आफ्ना भनाइ राख्ने क्रममा नेपाल मुस्लिम संघको केन्द्रिय उपसभापति अताबुल अन्सारीले जनगणना गर्न आउने गणकहरुलाई आफ्नो सहि पहिचान र जातिय पहिचान नखुलाउनुको कारण अघिल्लो बर्ष तथ्यांकमा लगभग ५० प्रतिशत मुस्लिम अन्यमा परेका थिए ,शो कारणले गर्दा धेरै मुस्लिमहरु जनगणामा पछि परेको दाबि गरे।

कार्यक्रम मा नेपालि कांग्रेशका क्षेत्रिय प्रतिनिधि समेत रहेका अब्दुस सुभान ले भने :- नेपालि सम्पुर्ण मुस्लिम जातिहरुको पहिलो बिडम्बना यो छ कि राष्ट्रिय जनगणामा सहि तथ्यांक र सहि पहिचान नखुलाउनु हो त्यसैले गणकहरुलाई आफ्नो सहि तथ्यांक दिनुपर्दछ र अन्य धर्म परिवर्तन गरेर मुस्लिम धर्म मा प्रवेश गरेका मुस्लिमहरु नागरिकतामा रहेको नाम पछि ब्राकेटमा आफ्नो मुस्लिम परिवर्तित नाम राख्नुपर्दछ संगै जातियमा मुस्लिम र धर्ममा इस्लाम लेखाउनुर्दछ।

मुस्लिम अगुवा र मदर्शा सहबाजियाका सन्चालक इमाम हैदरले भने ,अभियान देशभरि नै चलिरहेको र प्रदेश १ भरि मोरंग जिलाका गाउँ गाउँमा पुगी हामि जनचेतना फैलाउने काम गरिरहेका छौ किनकि सिक्षित संगै धेरै असिक्षित व्यक्तिहरु छन् त्यसकारण घरमै पुगी उदाहरण सहित हामि बुझाइरहेका छौ साथै मदर्शा मा पढेका अभिभावक अथवा पढिरहेका बिद्यार्थीहरु मदर्शा मा बिध्यालय सरह नै सबै बिसय लिएर पढेकाले गर्दा गणकहरुलाई तथ्यांक लेखाउनेबेला १० बर्ष सम्म पढेकाले कम्तिमा म्यात्रिक अर्थात एस एल सी सम्म आफ्नो पढाइको बिबरण लेखाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!