हिपमत डटकम

शुक्रबार, आश्विन २२, २०७८ || 369  पटक पढिएको

जिल्ला संखुवासभा खादबारी नगरपालिका २ चेवास्कुल छेउ भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु, सहचालक घाईते भएका छन् ।

मृत्यु हुनेमा चालक संखुवासभा खादबारी नगरपालिका ५ लेलुवा का २५ बर्षीय मणी तामाङ रहेका छन् भने घाईते भएका सहचालक सोही स्थानका १९ बर्षीय महेन्द्र तामाङको घोपा धरानमा उपचार भईहेको छ ।

हिजो राती सँवा ८ बजे चेवाबाट चारबर तर्फ जादै गरेको प्र१०२००३ त १२२४ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रीत भई सडक देखी अन्दाजी १५ मिटर तल खसि दुर्घटना भएको थियो ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी मानेभन्ज्याङबाट प्रहरी टोली खटि गई दुवै जना घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल खादबारीमा पठाईएको हो ।

सो दुर्घटबाट गम्भिर घाईते भएका चालकको जिल्ला अस्पताल खादबारीमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको थियो भने घाईते सहचालकलाई थप उपचारको लागी धरान पठाईएको थियो । ट्याक्टर घटनास्थलमानै रहेकोले निकाल्न पहल भईरहेको छ । घटना सम्बन्धमा कानुनि प्रकृया तथा अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!