भारतका केन्द्रीय गृहमन्त्री तथा भाजपा नेता अमित शाहले भाजपा नेताहरुको घृणाजन्य भाषणका कारण आफ्नो दलले दिल्ली विधानसभामा नोक्सानी बेहोरेको बताएका छन् ।

शाहले ‘गोली ठोक्देउ’ र ‘भारत–पाकिसतान म्याच’ जस्ता घृणायुक्त भाषण दिन नहुने बताए ।

शाहले भाजपा जीत र हारमा मात्र केन्द्रीत हुने पार्टी नभएको बताउँदै भने, ‘हामी चुनावको माध्यमबाट आफ्नो विचारधारालाई विस्तार गर्ने कुरामा विश्वास गर्छौं ।’

शाहले भारतीय संचारमाध्यम ‘टाइम नाउ’ले आयोजना गरेको कार्यक्रममा उक्त कुरा बताएका थिए ।

कार्यक्रममा बोल्ने क्रममा शाहले भने,‘ ‘गोली ठोकौं’ र ‘भारत–पाक प्रतिस्पर्धा’जस्ता बयान दिन हुँदैन थियो । हाम्रो पार्टी यस्तो बयानबाजीबाट टाढा हुनुपर्छ । ’

एउटा प्रश्नको जवाफमा शाहले दिल्ली चुनावको दौरान केही नेताले बयानको कारण भाजपालाई नोक्सान भएको बताएका थिए ।

उनले भने, ‘सम्भवत यही कारण हाम्रो चुनावी प्रदर्शन प्रभावित भयो ।’

गृहमन्त्री शाहले दिल्ली चुनावमा पार्टीको अनुमान गलत भएको बताए । तथापि शाहले दिल्ली चुनावी परिणामलाई ‘नागरिकता संशोधन विधेयक(सीएए)’ र ‘नेशनल रजिस्टर अफ सिटिजन(एनआरसी)’माथिको जनमत संग्रहका रुपमा हेर्न नहुने बताए ।

कार्यक्रममा शाहले सीएएको प्रतिरक्षा गर्दै कानुनमा मुसलमानहरुको नागरिकता खोस्ने कुनै प्रावधान नभएको बताए । कानुनमा पाकिस्तान, बंग्लादेश र अफगानिस्तानबाट भारत आएका मुसलमानको लागि नागरिकता दिने प्रावधान रहेको शाहको प्रष्टीकरण थियो ।

बरु शाहले भारतमा अहिले धर्मका आधारमा देखिएको ध्रुवीकरणको लागि भारतीय कंग्रेस पार्टीलाई जिम्मेबार ठहर्‍याए । एजेन्सी ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!