इशिका नेपाल

बुधबार, आश्विन २०, २०७८ || 690  पटक पढिएको

गीतकार दीपक पाठकको हृदयस्पर्शी गीत ‘दैवको लिला ‘सार्वजनिक भएको छ ।

किरण देवकोटाको संगीत र रामभक्त जोजेजुको स्वर रहेको गीतमा रचनाकार पाठकले मानव जीवन आइपर्ने यथार्थ भोगाइलाई समेटेर शब्द कोर्नु भएको छ भने संगीतपक्ष पनि त्यतिकै शब्दलाइ न्याय दिने सशक्त रहेको छ । गीतमा रामभक्त जोजेजुको नै एरेन्जमेन्ट रहेको छ ।

‘दैवको लिला ‘को भिडियोमा सर्वप्रिय नायक सरोज खनाल र सुरबीर पण्डितको जिवन्त अभिनय रहेको छ । टेकेन्द्र शाह कृयटिभ हेड रहेको भिडियोमा रामकुमार के सीको सिनेमाटोग्राफी र हेम प्रभास अधिकारीको निर्देशन रहेको छ । भिडियोलाइ डीबी इन्टरटेन्टको युट्युब च्यानल (DB Entertainment) बाट बुधबार सार्वजनिक गरिएको हो ।

यसअघि पनि यसै च्यानल मार्फत गीतकार दीपक पाठकको शब्द र किरण देवकोटाको संगीतमा धेरै गीतहरु आइसकेका छ्न भने आगामी
दिनमा पनि धेरै गीतहरु आउने तयारीमा गीतका कामहरु भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!