बुधबार, आश्विन २०, २०७८ || 1207  पटक पढिएको

महानगरसहित स्थानिय तहको कांग्रेस निर्वाचन विश्लेषण गर्दा सबै मिलेर अमृत अर्याललाई निसाना बनाउन खोजेको देखियो । अर्याललाई निसाना बनाउनु नै शेरबहादुर देउवालाई कमजोर बनाउनु थियो । र, पनि सर्वत्र पेलानका वावजुद रंगेली, ग्रामथान, धनपालथानमा अर्याल पक्ष विजयी भएको छ । विराटनगरमै पनि सचिव, सहसचिवमा विजय हात पारेको छ ।

अन्य स्थानिय तहको नेतृत्व गुमाए पनि छिटपुट प्रतिनिधित्व भने भएको छ । यसपटकको निर्वाचनमा अर्याल बाहेकको शक्ति एकै ठाउँमा एकत्रित भयो । डा. शेखर कोइराला, महेश आचार्य, डा. मीनेन्द्र रिजालहरू एकै ठाउँमा देखिए ।
उनीहरूको गठबन्धनले मोरङका अधिकांश स्थानिय तहमा अर्याल पक्षलाई कमजोर बनाइयो । अर्याल शेरबहादुर देउवा पक्षको रक्षाकवच बनेर देखा परे । अर्यालसित सीमित साधन र स्रोतले भ्याएसम्म कोसिस गरे । अरुसित साधन र स्रोतको कमी थिएन । एकातर्फ कमजोर प्रयास अर्कोतर्फ केही विभाजन भए पनि सशक्त प्रहार ।

यसपटक लहर नै देउवा पक्षमा देखिएन । उत्तरी मोरङ जुन अर्यालको पल्ला भारी हुन्थ्यो त्यहाँ पनि उनी कमजोर मात्र होइन सान्दार हार नै बेहोर्ने अवस्था आयो । डिगबहादुर लिम्बू एक्लैले देउवाको शान उत्तरी मोरङमा उठाएका रहेछन् । शिव ढकाल, रमेशजंग रायमाझीहरू समेत त्यहाँ कमजोर देखिए । देउवाले आफ्नालाई संरक्षण नगरेको परिणाम आज भोगिएको हो ।
यसपटक जुन तरिकाले क्रियाशील वितरण भएको थियो त्यो हेर्दा प्राप्त नतिजाको पूर्वानुमान थियो नै । जसलाई विश्वास गरेर क्रियाशील दिइएको थियो उनीहरूमध्ये धेरैबाट धोखा भयो । नयाँ पुस्ता अन्तर पार्टी लाइनको पक्षमा देखिएन । उनीहरू व्यक्ति केन्द्रित समर्थनमा देखिए ।
मोरङमा देउवा पक्ष बलियो हुने हो भने सशक्त नेताहरूको खाँचो हुन्छ अब पक्कै पनि । होइन भने अर्याल, संग्रौलाले मात्र यो जिल्लामा देउवा पक्षलाई बलियो बनाउन सक्दैनन् । अघिल्लो महाधिवेशनका क्रममा देउवासित डा. रिजाल, डिगबहादुर लिम्बू, नागेश कोइराला, मोदराज घिमिरे, मानबहादुर लिम्बूलगायत धेरै ठूलो संख्या थियो ।

देउवा पक्षमा नलागे पनि अर्याललाई साथ दिएका थिए महेश आचार्य, आमोदप्रसाद उपाध्याय, दिलीप सापकोटा, यदुकुमार विष्टहरूले । यसपटक सबैले साथ छाडे । हो, अन्तर पार्टी संघर्षका क्रममा जुन गुट र विवाद देखियो यो कालान्तरसम्म रहने छ । हिजोसम्म कुनै एक ठाउँमा कुनै व्यक्ति अन्तर्घाती किटान भए तर, अबको निर्वाचनमा धेरै अन्तर्घाती बढाउने काम निर्वाचनले गरेको छ ।

देउवा पक्षमा अर्यालको जस्तो हाइट भएका कुनै नेता छन् भने त्यो औलाले गनेर देखाउन सकिन्छ मोरङमा । दिलीप गच्छदार, रमेशजंग रायमाझी, शिव ढकाल, हरिलाल सिंहहरूले मात्र अब मोरङमा देउवाको वर्चश्व स्थापित गर्न सक्ने छैन ।
यसपटक नै हेर्ने हो भने देउवा पक्षमा खुलेरै लाग्नेमा अर्यालबाहेक डा. डिला संग्रौला मात्र देखिइन । तर, संगठनमा उनको कुरा कमै सुनिन्छ । प्रभाव कमजोर छ । केन्द्रको राजनीतिमा उनी प्रभाव राख्छिन् तर, गृह नगर विराटनगरमा उनको कमजोर उपस्थिति छ ।
देउवा पक्ष र अर्यालको नेतृत्व अझै कमजोर हुने थियो । अर्को पक्षका आकांक्षी बढी भएकाले पनि उनीहरूमा टुटफुट भयो । केही मत यसले पनि बढायो वा हारलाई ढाक्न मद्यत ग¥यो । यो समूहको पराजयमा व्यवस्थापनको कमी देखियो ।

विराटनगरमा अर्याललाई बलियो बनाउन देउवा पक्षले ज्ञानेन्द्र कार्कीजस्ता केही प्रभावशाली नेता परिचालन गर्नुपर्ने देखिएको छ । अर्याल कमजोर देखिए पनि उनी निर्णायक शक्ति हुन भन्ने कुरा कसैले मान्दैन भने उसले भ्रम पालेको ठान्नुपर्छ । राजनीतिलाई सुक्ष्म तरिकाले बुझ्नेले मात्र के हेक्का राख्न सक्छ भने अन्तर पार्टी निर्वाचन र अन्य दलिय निर्वाचनमा धेरै फरक हुन्छ ।

अहिले विभाजित भएका कांग्रेसीजनको मिलाप नहुने हो भने यसले नतिजामा प्रभाव त देखाउँछ नै । निर्वाचन यस्तो स्पर्धा हो जसले कुनै न कुनै रूपमा कुनै पनि बेला तुष कार्यान्वयन गर्छ । अन्तर पार्टी निर्वाचन भनेर, कसैलाई कमजोर ठानेर, म बलियो भए, अर्को समूह सकियो भनेर गरिने अहंमतापूर्ण राजनीतिले युद्धको पूर्वाभ्यासमा सशक्त अभिनय गरेर देखाउन सकिएला तर, वास्तविक युद्धको मैदानमा खरो उत्रन सकिन्न । आफ्नाहरू भकाभक लडेको पत्तै हुन्न भन्ने कुरा सबैले बुझ्नु जरुरी छ है ।

यो खबर न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!