हिपमत डटकम

बुधबार, आश्विन २०, २०७८ || 807  पटक पढिएको

विराटनगर । नगर वालक्लब सञ्जाल, विराटनगर र वडा वालक्लब सञ्जाल वडा नं. १ ले एक दिवसीय खगोल विज्ञान सम्बन्धी वर्कसप संचालन गरेका छन् । विश्व अन्तरिक्ष सप्ताहको अवसरमो सो वर्कसप संचालन गरिएको हो ।

विराट बहिरा माध्यमिक विद्यालयमा आयोजना गरिएको सो वर्कसपमा खगोल विज्ञान सम्बन्धी छलफल भएको नगर वालक्लबका सदस्य आदित्य झाले बताए ।

विराट बहिरा माध्यमिक विद्यालयको कक्षा १२ का १५ जना विद्यार्थीहरुलाई सौर्यमण्डल, चन्द्रमा, ग्रहण र गुरुत्वाकर्षणको विषयमा जानकारी गराइएको थियो ।

सहभागी विद्यार्थीहरुलाई नगर वालक्लब सञ्जालका सल्लाहकार ओशन शर्मा कट्टेल, सचिव स्वर्ण प्याकुरेल, सदस्य आदित्य झा, अदिति श्रेष्ठ र वडा वालक्लब सञ्जाल वडा नं. १ का अध्यक्ष उदिप पोखरेलले सौर्यमण्डल, चन्द्रमा, ग्रहण र गुरुत्वाकर्षणको विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा द्वयभाषी सोभा प्याकुरेलले सहजकार्ताको रुपमा एकअर्काको कुरा आदन प्रदान गरेका थिए । विद्यालयका पाँच जना शिक्षकको समेत उपस्थिती रहेको सो कार्यक्रम विराटनगर महानगरपालिकाको सहयोगमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!