मंगलबार, आश्विन १९, २०७८ || 445  पटक पढिएको

पत्रकार आचारसंहिताअनुसार कसैको स्वीकृत बेगर भिडियो वा फोटो खिच्न पाइन्न । कसैको अधिकारमाथि हनन गर्न पाइन्न । कुनै पनि पत्रकारले ‘म पत्रकार हुँ’ टिकटक बनाएजस्तो जे पनि गर्न पाइन्छ भनेर कसैको अधिकारमाथि धावा बोल्न पाइँदैन ।

नेपालका धेरै ठाउँमा यसप्रकारका समस्या देखिएको छ । पत्रकार दुव्र्यवहारका कुरा पनि आएका छन् । तर, के यस्ता केसमा हामी संचार माध्यममा काम गर्ने व्यक्ति कतिको संयमित, भद्र र आचारसंहिताअनुसार हिडेका छौं त ? यसबारे गहन समिक्षाको खाँचो छ ।

संचारका स्पष्ट नीति र निर्देशन छन् । संचारकर्ममा रहेकाहरूले एकपटक पत्रकार आचारसंहिताको गहन र मिहीन अध्ययन गर्नुपर्ने खाँचो छ । जबसम्म हामी आफ्ना लागि बनाएका नियम, कानुनको फलो गर्दैैनौ तबसम्म आम तरिकाले धेरै प्रश्न उठ्छन् । उठेको पनि छ ।

हामी समाचार संकलनका क्रममा हिडौ या अनुमगनका नाममा । कसैले गल्ती गरेको छ भने त्यसलाई एकपटक विचार गर्नुपर्छ । कसैले गल्तीको कारण दिइरहेको छ भने त्यसलाई पनि मनन गर्नुपर्छ । म पत्रकार हुँ भनेर कसैको अधिकारमाथि हनन हुने गरी धावा बोल्ने हो भने त्यसमा आचारसंहिता पनि लागू हुन्छ नै । खासगरेर संचारमाध्यमहरू विविधकरण भइरहेको बेला यसखाले धेरै समस्या देशव्यापी रूपमा आएका छन् ।

संचारकर्मी नियम तोड्दै अटेर हुने हो भने आम सर्वसाधारणमा संचार माध्यमप्रतिको दृष्टिकोण फेरबदल हुनसक्छ । हेर्ने दृष्टिकोण बदलिन सक्छ । हामीले पक्कै पनि नियमलाई पालना गर्नुपर्छ । नियम भनेको पालना गराउनै बनाइएको हो । चेतना भया…

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!