हिपमत डटकम

मंगलबार, आश्विन १९, २०७८ || 753  पटक पढिएको

अग्रपंतिमा खटिने यातायात मजदुर र प्रहरी तथा उनीहरुका परिवारका सदस्यलाई लक्षित गरेर आइतवार विराटनगर बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।

६६ औं प्रहरी दिवसको अवसर पारेर विराटनगरस्थित नोबेल मेडिकल कलेज र नेपाल औषधि व्यावसायी संघसँग सहकार्य गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यावसायी महासंघ र यातायात मजदुर संघ÷संगठनले शिविर आयोजना गरेका हुन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी अरुणकुमार बिसीले पानसमा बत्ती बालेर शिविर उद्घाटन गरे । शिविर उद्घाटन गर्दै डीआईजी बीसीले अग्रपंतिमा खटिने लक्षित वर्गले शिविरबाट फाइदा लिने विश्वास व्यक्त गरे । बिहान ९ बजेबाट सुरु भएको एक दिने शिविर अपरान्ह करिब ४ बजे सकिएको थियो ।

शिविरमा ५ सय ८९ जना बिरामीले निःशुल्क स्वास्थ्य परीक्षण गराएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए । शिविरमा नोबेलका विशेषज्ञ डाक्टरहरुले बिरामीको स्वास्थ्य परीक्षण गरेका छन् । नोबेल अस्पतालका निर्देशक एवं मुटुरोग विशेषज्ञ डा.राजेश नेपाल, स्त्रीरोग बिशेषज्ञ प्रा.डा.शान्ति सुवेदी, हाडजोर्नी रोग विशेषज्ञ डा.रञ्जिव झा, फिजिसियन डा.सन्दिप गुरागाईँलगायत विशेषज्ञ डाक्टरहरुले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका हुन् ।

शिविरमा भिडियो एक्सरे, इको, इसीजी, ल्याबटेष्टलगायत सेवासहित औषधि पनि निःशुल्क प्रदान गरिएको छ । विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा शिविर सञ्चालन गरिएपछि बिरामीको भीड लागेको थियो । शिविरमा यातायात मजदुर र प्रहरी तथा उनीहरुका परिवारका सदस्यसहित अन्य सर्वसाधारणले पनि निःशुल्क स्वास्थ्य परीक्षण गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!