मंगलबार, आश्विन १९, २०७८ || 640  पटक पढिएको

नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूको शब्दमा कांग्रेसमा अवसर नपाउने नेताहरूमध्ये उनी मात्रै एक हुन । उनी सांसद भए, मोरङ कांग्रेसका सभापति बने तर, उनका आफ्नै गुनासा र असनतोषहरू छन् ।

नेपाली कांग्रेसमा लामो समयसम्म राजनीति गरेका लिम्बू पार्टीको मोरङ सभापति हुन् । हो, उनी हरेक कुरामा केही ‘फेक्जिवल’ छन् तर, भेट्न पुग्नेले उनको गुनासो भने सुन्नुपर्छ ।

दोस्रो कार्यकालका लागि सभापति दोहो¥याउन लागेका लिम्बू साँच्चिकै अवसरबाट बंचित भएकै हुन् । ०६२÷०६३ को जनआन्दोलन र ०६३÷०६४ को मधेस विद्रोहपछि पहिलो संविधानसभाको निर्वाचनमा लिम्बू मोरङ क्षेत्र नं. ७ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।
मोरङमा ९ निर्वाचन क्षेत्र हुँदा ७ नं. निर्वाचन क्षेत्रबाट लिम्बू अत्याधिक मत प्राप्त गरेर संविधानसभा सदस्यमा निर्वाचित भए । त्यसपछि नेपाली कांग्रेस मोरङको सभापतिको बागडोर सम्हालेका लिम्बू मोरङमा ७ निर्वाचन क्षेत्र हुँदाको दोेस्रो संविधान सभाको निर्वाचनमा लिम्बूले हारको सामना गर्नुप¥यो । पहिलो कार्यकाल मोरङ कांग्रेसको सभापतिको पद सकिन लागेको लिम्बू दोस्रो कार्यकाल दोहो¥याउने गरी सभापति लड्ने दौडाहामा छन् ।

लिम्बू कांग्रेसमा बसेर साँच्चिकै अवसर नपाएको हो की अवसर पाएर पनि अवसरबाट बंचित भएको हो यो कांग्रेसले पहिचान गर्ने नितान्त व्यक्तिगत कुरा हो । तर यतिखेर सभापति लिम्बू आपूm कांग्रेसमा अवसर नपाउने नेताहरूको सूचीमा रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । विराटनगर १ स्थित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय मोरङमा आगामी जिल्ला अधिवेशनको सन्दर्भमा मधेुी मुलधारका नेतासँग संवाद गर्दै लिम्बूले भने, ‘मसँग सभापतिमा चुनाव लड्न तयारी गरेका दिलिप गच्छेदारलाई मन्त्री हुने अवसर जुटाइदिने मान्छे म नै हुँ, गच्छेदार कांग्रेसको तर्फबाट राज्यमन्त्री भइसकेका छन् ।’ लिम्बूले नेताहरूको अन्र्तसंवाद कार्यक्रममा भने, ‘गच्छेदारले मसँग खुब गुनासो गरे, मेरो परिवारमा श्रीमती र आमा विरामी छन्, एकपटक मलाई मन्त्री बन्ने अवसर जुटाइदिनु प¥यो भनेर सहयोग मागेपछि मैले नै मोरङबाट गच्छेदारलाई राज्यमन्त्री बनाउनु पर्छ भनि सिफारिस गरेको थिए । र, मेरै सिफारिसमा गच्छेदार राज्यमन्त्री पनि भए ।’

संविधानसभा सदस्य अमृत अर्याल प्रदेश नं. १ बाट गुरूराज घिमिरेसँग केन्द्रीय सदस्यमा पराजित भएका थिए । त्यसपछि पुनः अर्याललाई केन्द्रीय सदस्य बनाउन मोरङ कांग्रेसको सभापतिको हैसियतले मैले नै सिफारीस गरेको हो भनेर लिम्बूले बताए । अर्याल केन्द्रीय सदस्य र गच्छेदार मन्त्री भइसकेपछि दुवै जना पार्टीको झण्डा हल्लाउन व्यस्त बने ।

लिम्बूका शब्दमा उनी अपहेलित भए । भन्दै थिए, ‘मेरै कारणले दुवै नेता मन्त्री र केन्द्रीय सदस्य हुँदा पनि मेरो एकैपल्ट पनि उहाँहरूबाट सोधीखोजी भएन, कांग्रेसमा सबैले अवसर पाउने तर म अवसरबाट बञ्चित हुँदा पनि कतै हारगुहार गरिनँ, दोस्रो संविधानसभामा म पराजित भइसकेपछि मेरो जिल्ला सभापति बाहेक अरू कुनै कतै पद छैन, मैले लामो समयसम्म कांग्रेसको राजनीति गर्दा कहिलेप नि लाभको पद धारण गरेको छैन ।’

कांग्रेसमा अन्य नेताको तुलनामा आर्थिक हैसियत सामान्य रहेको उनले सुनाए । ‘तर पनि मलाई नेताहरूले अगाडि बढ्न प्रेरित गरेनन् ।’ डिगबहादुर आफूलाई जुझारू नेताको रूपमा प्रस्तुत् गर्छन् । तर मौका नपाएको भन्दै नैराश्यता पनि व्यक्त गर्छन् । लोकतान्त्रिक पार्टीमा माथिका पदमा ओगटेकाहरू अझै अवसरको खोजीमा रहन्छन् भने तल्लो तप्काका कार्यकर्ताको कहिले अवसर जुर्ला यो पनि सोच्ने प्रश्न छ ।
अनि अमृत अर्यालकै कारण उनी अघिल्लो अधिवेशनमा मोरङ कांग्रेसका सभापति भएको कुरा उनले बिर्सिएका त छैनन् ? गुन भनेको आफुले मात्र होइन अरूले पनि लगाएको देख्नुपर्छ । लिम्बूले अरुलाई गरेको देखे तर, आफुलाई कसैले गरेको देखेनन् । राजनीति भनेको यस्तै बैगुनी हुने रहेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!