विराटनगरमा शुक्रबारदेखी विराट एक्स्पो (अन्तराष्ट्रिय कृषि, औद्योगिक प्रदर्शनी) सुरु भएको छ । एक्स्पोको अर्थमन्त्री डा। युवराज खतिवडाले उद्घाटन गरेका हुन् । व्यापार मेलामा हेलिकोप्टरबाट विराटनगर अवलोकन, पाथीभरा दर्शन, हात्तीको सवारीलगायत विभिन्न मनोरञ्जनको व्यवस्था गरिएको छ । यस्तै राष्ट्रिय र स्थानीयस्तरका कलाकारको साँगीतिक प्रस्तुति फेसन शो, सेल्फी जोनलगायतका विभिन्न आकर्षण पनि एक्स्पोमा समावेश गरिएको छ ।

नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला ९ दिनसम्म सञ्चालन हुनेछ । मेलाको सुरक्षाका लागि मेला स्थल वरपर सिसी क्यामाराको राखिएको छ । मेला आयोजना गर्न २ करोड बढी खर्च लाग्ने अनुमान छ । एक्स्पोमा १ अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा दैनिक उपभोग्य वस्तु, कृषिजन्य उत्पादन, लत्ताकपडा तथा मनोरञ्जनका सामग्री, खानाका स्टल प्रदर्शनीका लागि राखिएको छ ।

एक्स्पोमा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशका साथै सर्वसाधारणलाई ५० रुपैयाँ र विद्यार्थीलाई २५ रुपैयाँ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । ३ सय ४० वटा स्टल रहने एक्स्पोमा ४० स्टल अन्तराष्ष्ट्रिय, ६० वटा स्टल घरेलु तथा हस्तकला, १ सय ६० स्टल औद्योगिक उत्पादन, ३८ वटा अटोमोबाइल्सका छन्।

यस्तै १२ वटा बैंक तथा वित्तीय संस्थाका, २० वटा जनचेतनामूलक, खानाका १० वटा स्टल रहेका छन् । एक्स्पोको अबलोकन ३ लाख बढीले गर्ने अयोजक समितिले दाबी गरेको छ । अहिले उद्घाटन समारोहको कार्यक्रम कार्यक्रम जारी रहेको छ । कार्यक्रममा सहभागि हुन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मोतिदुगड, प्रदेशका मन्त्रीलगायत विशिष्ट व्यक्तित्वहरु कार्यक्रम स्थलमा पुगेका छन् ।
नोट-भिडियो बिराट एक्स्पो उदघाटन नामको फोल्डरमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!