हिपमत डटकम

सोमबार, आश्विन १८, २०७८ || 313  पटक पढिएको

भारतका विदेश सचिव हर्षबद्र्धन श्रीङगलाले श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षे बीच महत्वपूर्ण भेटवार्ता भएको छ । उनीहरुबीच आज सोमबार भेटवार्ता भएको हो। उनीहरुबीच बहुआयामिक द्विपक्षीय साझेदारीमा केन्द्रित रही वार्ता भएको जनाइएको छ। “छिमेकी प्रथम” भन्ने भारतको विदेश नीतिअनुसार छिमेकीलाई प्रथम प्राथमिकता दिएको कारण भारतका विदेश सचिव श्रीलंका पुगेका हुन्।

भारतका विदेश सचिवको यो भ्रमणलाई दुवै देशको महत्वका साथ हेरेका छन् । भ्रमणका क्रममा उनले श्रीलङ्काका उच्च सरकारी अधिकारीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ । भेटका क्रममा उनले दुई पक्षीय हित, साझा चासो, आपसी सम्बन्ध, सहकार्य र सहयोग आदानप्रदान लगायतका विषयमा छलफल गर्ने विदेश मन्त्रालयले जनाएको छ ।

विगतमा भएका सम्झौता र सहकार्यको समीक्षा गर्दै त्यसलाई पुनरावलोकन गर्ने बारेमा पनि उनीहरुका बीचमा छलफल हुने जनाइएको छ ।

कोरोनाभाइरसको महामारीका बेला भारतले गरेको सहयोगका लागि श्रीलङ्काको तर्फबाट धन्यवाद ज्ञापन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ । भारतले विगतमा पनि उच्च प्राथमिकताका साथ छिमेकी देशलाई कोरोनाभाइरसको महामारी विरुद्धको सहयोग गरेको थियो भने आगामी दिनमा पनि खोप लगायतका सहयोग बढाउने जनाएको छ ।-Photo: Agency

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!