राजिव शाह

सोमबार, आश्विन १८, २०७८ || 570  पटक पढिएको

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले ६६ औ प्रहरी दिवसको अवसरमा कार्यालय परिसर तथा मातहत समेतमा गरी ६० वटै युनिटहरुमा वृक्षारोपण गरेको छ । आइतवार कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर र मातहत प्रहरी कार्यालयहरुका प्रहरी अधिकृति तथा प्रहरी जवानहरुको उपस्थितिमा सो वृक्षारोपण गरिएको हो ।

६६ औ प्रहरी दिवसको अवसरमा विभिन्न प्रजातिका १५० वटा बिरुवाहरु बृक्षारोपण गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

समाजमा शान्ति, सु–व्यवस्था, अमनचयन कायम गर्न २४ सै घण्टा समर्पित नेपाल प्रहरीको ६६ औ प्रहरी दिवसको अवसरमा वृक्षारोपण अभियान संचालन गरी यसको संरक्षण, सम्वर्धन समेत गरी वातावरणलाई सफा, स्वच्छ, सुन्दर तथा सन्तुलन बनाउने कार्यमा निरन्तर प्रयत्नरत रहि रहने कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!