सिरहाको लहानमा पाँच दिने किशोर किशोरी विकास अन्तक्रियात्मक सिकाई शत्र संचालन सम्बन्धी सहजकर्ता तालिम शुक्रबार सम्पन्न भएको छ । सबल नेपाल राजबिराज सप्तरीको आयोजना र सेभद चिल्ड्रेनको सहयोगमा तालिम सम्पन्न भएको हो । सुरुङ्गा नगरपालिकाको वडा नं. १,२,३,४,७ र ८ का २५ जना सहजकर्ताहरुको सहभागितामा तालिम भएको थियो ।
पाँच दिने तालिमा बाल संरक्षण , लैङ्गिक बिभेद , बाल अधिकार , बाल सहभागीता लगायतको बारेमा बिशेष रुपले छलफल भएको तालिममा सहभागी एक जना सहजकर्ता ज्ञानु राउतले जनाए । कार्यक्रमको सहजिकरण सवल नेपालका किशोर किशोरी विकास कार्यक्रमका फिल्ड अफिसर खडक नारायण चौधरी र सेभ द चिल्ड्रेन की कार्यक्रम संयोजक रचना थापाले गर्नु भएको थियो ।
कार्यक्षेत्र भित्रका बाल कल्बमा कक्षा संचालन गर्नका लागी बालबालिका संग सहजीकरण गर्ने सिपको बिधिहरुको बारेमा जानकारी भएको तालीममा सहभागी अर्का सहजकर्ता तिज नारायण दासले बताए । सबल नेपालका कार्यक्रम सुपरभाईजर अशोक कुमार साह , रेखा चौधरी सहजीकरकाण गर्न तलिममा सहयोग गरेका थिए । सुरुङ्गा नगरपालिका भित्रका २० वटा वालक्लबमा १० देखि १९ बर्ष भित्रका किशोर किशोरीहरुलाई प्रत्येक हप्ताको एक दिन ( शनिबार ) कक्षा संचालन गर्नका लागी सहजकर्ता छनौट गरिएको हो ।