हिपमत डटकम

शनिबार, आश्विन १६, २०७८ || 1158  पटक पढिएको

विराटनगर । जनता समाजवादी पार्टी नेपाल विराटनगरको वडा नं. १० मा संगठन सुदृढिकरण (सुज) अभियान सम्पन्न भएको छ । शनिवार स्थानीय बंगलामुखी मन्दिर परिसरमा सो अभियान सम्पन्न भएको हो ।

वडा कमिटि अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गरिएको थियो । कार्यक्रमका बक्ताहरुले अगामी कार्यनीति, चुनौती र समाधानको उपाय बारे आफ्नो धारण राखेका थिए ।

कार्यक्रममा ११ सदस्य वडा महिला कमिटि गठन गरिएको छ । चन्द्रकला देवी यादव, रंजु झा, एकाबरी देवी यादव, शोभा देवी चौधरी, सरिता देवी यादव, सुखनी देवी राय, ईन्दु यादव, शान्ति देवी राम, मनिषा यादव, रुकमणी मोची लगायतको ११ सदस्य वडा महिला कमिटि गठन गरिएको अध्यक्ष यादवले बताए ।

वडा महिला कमिटिले टोल–टोलमा महिला टोल कमिटि गठन गर्ने अध्यक्ष यादवले जानकारी दिए । साथै सुज अभियान अन्तरगत हरेक टोलमा युवा टोल कमिटि र वडा युवा कमिटि समेत गठन हुने उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथी जसपा नेपालका केन्द्रिय सदस्य संजय सिंह, प्रदेश सांसद जयराम यादव, प्रा. डा. राजनारायण यादव, प्रा. डा. प्रकाश यादव, उमेश यादवले सुज अभियान बारे आफ्नो धारण राखेका थिए ।

सो कार्यक्रममा वडा कमिटि उपाध्यक्ष ललन झा, सचिव भरत गोपाल यादव लगायत राजेश झा, बसुन्धरा झा, भाग्यश्वरी देवी झा लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!